बुधबार, भदौ ३, २०८३

अश्लील भिडियाेमा आफ्नै श्रीमती देखेपछि...

एक पुरुषले आफ्नै श्रीमतीलाई अश्लील भिडियाेमा देखेपछि सम्बन्ध विच्छेद गरिदिएका छन्। पेसाले डाक्टर रहेकी श्रीमतीले अर्कैसँग भिडियाेमा यौन सम्बन्ध गरिरहेकाे देखेपछि पतिले उनलाई छोडेका हुन्।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

भारत- एक पुरुषले आफ्नै श्रीमतीलाई अश्लील भिडियाेमा देखेपछि सम्बन्ध विच्छेद गरिदिएका छन्। पेसाले डाक्टर रहेकी श्रीमतीले अर्कैसँग भिडियाेमा यौन सम्बन्ध गरिरहेकाे देखेपछि पतिले उनलाई छोडेका हुन्।

घटना भारतको बैङ्लोरको हो। पतिचाहिँ सफ्टवेयर इन्जिनियर हुन्।

यस्तो छ घटना -

यी दुई सन् २०१८ मा विवाह बन्धनमा बाधिएका थिए। उनीहरुको एक विवाह गराउने वेबसाइटमार्फत भेट भएको थियो। महिलाले विवाहपूर्व नै आफ्ना पतिलाई यसअघि कसैसँग मायामा रहेको तर उसँग ब्रेकअप भैसकेको बताएकी थिइन्।

विवाहपछि सबै ठिकठाक चल्दै थियो। श्रीमती भने आफ्ना पतिलाई पोर्न फिल्म हेर्न दबाब दिने गर्थिन्। उनीहरु सँगै पोर्न फिल्म हेर्ने गर्थे। तर, उनले दिने गरेको दबाब एक दिन आफैँलाई भारी पर्‍यो।

उनका पतिले एक दिन पोर्न फिल्म हेर्दैगर्दा त्यसमा आफ्नी श्रीमतीलाई अरु कसैसँग सम्बन्ध बनाइरहेको देखे। उनले यसबारे आफ्नी श्रीमतीलाई जिज्ञासा राख्दा उनले यो भिडियाे धेरै पहिलेको आफ्नो पूर्वप्रेमीसँगको रहेको बताइन्। उनले उक्त पुरुषले त्यही भिडियोका कारण ब्ल्याकमेल गरिरहेको बताइन्। पतिले पनि त्यसमा सहमति जनाए।

केही दिनपछि उनले फेरि श्रीमतीलाई अरु कसैसँग यौन सम्बन्ध बनाइरहेको भिडियाे फेला पारे। यसबारे उनले फेरि जिज्ञासा राख्दा विवाहअघि उनले थुप्रै पुरुषसँग सम्बन्ध बनाइसकेको बताइन्। तर उनलाई आफ्ना भिडियाेहरु कसरी सार्वजनिक भैरहेका छन् भन्नेबारे थाहा भइरहेको थिएन।

यस घटनाबाट दुःखी भएका पतिले अन्तत: पत्नीलाई छोडे। श्रीमतीले भने पतिलाई बोलाइदिन आग्रह गर्दै प्रहरीको फेमिली काउन्सिलिङमा उजुरी दर्ता गराएकी छिन्। पतिले श्रीमतीले आफ्ना कैयन् कुराहरु लुकाएको र हरेक दिनका नयाँ खुलासाबीच उनीसँग बस्न नसक्ने बताएका छन्।

प्रकाशित: Feb 05, 2020| 14:45 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।