बिहीबार, वैशाख ३१, २०८३

‘प्रेमगीत–३’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

आगामी चैत २८ गते प्रदर्शनको तयारीको क्रममा रहेको चलचित्र प्रेमगीत–३ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘हात्ती ढुंगा’मा बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड रहेका छन् ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– आगामी चैत २८ गते प्रदर्शनको तयारीको क्रममा रहेको चलचित्र प्रेमगीत–३ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘हात्ती ढुंगा’मा बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड रहेका छन् ।

National life

प्रदीपको फरक अवतार रहेको चलचित्र दुई सय वर्ष पुरानो प्रेमकथामा आधारित रहेको छ भने मनाङमा छायांकन गरिएको गीतको मुड, भिडियोमा प्रयोग भएका पहिरन र भेषभुषा फरक छन् ।

गीतमा कलाकार सुनिल थापा र माओत्से गुरुङको पनि केही झलक समावेश भएको छ, जसले गीतसँग कथा जोड्नमा भूमिका खेलेको छ ।

मेलिना राई र सागर आलेको स्वर रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ । हर्क साउदको शब्द रचनामा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप र क्रिष्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्घि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादनको काम गरेका छन् । सिनेमामा छेतेन गुरुङ र मन्दीप गौतमको लेखन छ ।

प्रकाशित: Feb 05, 2020| 09:00 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्