काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समूहका कोषाध्यक्ष पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार विप्लव समूहका लागि चन्दा संकलन गर्दै आएका अर्जुन कटुवाललाई पक्राउ गरिएको छ।
विप्लव समूहको केन्द्रीय जनसम्पर्क समितिका कोषाध्यक्ष र हेभी इकुपमेन्ट महासंघका सचिवसमेत रहेका कटुवाललाई कलंकीस्थित उनकै कार्यालयबाट प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको विशेष ब्युरोका अनुसार कटवाल विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत शीर्ष नेताहरूसँग निरन्तर सम्पर्कमा थिए।
सिन्धुली स्थायी घर भएका कटवाल बलम्बु (चुनदेवी) बस्दै आएका छन्।
प्रहरीले कटवालको चन्द्रागिरी नगरपालिका–१ बलम्बु (चुनदेवी)स्थित घरमा अहिले खानतलासी गरेको छ। प्रहरीका अनुसार उनको कार्यालयबाट चन्दा संकलन रसिद र चेकबुकलगायत सामाग्री बरामद भएको छ।