बुधबार, भदौ ३, २०८३

सुर्खेतमा जिप दुर्घटना, एकको मृत्यु, १४ घाइते

सुर्खेतमा आज (मंगलबार) बिहान भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन्।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

सुर्खेत– सुर्खेतमा आज (मंगलबार) बिहान भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन्।

मृत्यु हुनेमा बराहताल गाउँपालिका–९ का ७४ वर्षीय दशरथ शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिए।

दुर्घटनामा पूर्णिमा सुनार, रेविका सुनार, गौरी शाही, टोपेन्द्र मगर, एलिसा सुनार, करिस्मा सुनार, मोहनसिंह पुलामी, सिर्जना थापा, सुन्नु सुनार, तेजेन्द्र रोकाया, तुलबहादुर सुनार, कल्पना ठाकुर र अमृता सुनार घाइते भएका छन्।

उनीहरूलाई उद्धार गरी प्रदेश अस्पताल र माया नर्सिङ होममा पुर्‍याइएकाे छ।

खाराबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश १५–००१ज–००१५ नम्बरको बोलेरो जिप वीरेन्द्रनगर–१४, फेदखोलामा दुर्घटनामा भएको हो।

प्रकाशित: Feb 04, 2020| 14:01 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।