बिहीबार, भदौ ४, २०८३

डब्लूएचओको क्षेत्रीय सम्मेलन भोलिदेखि काठमाडौंमा

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको सम्मेलन सोमबारदेखि काठमाडौंमा हुने भएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको सम्मेलन सोमबारदेखि काठमाडौंमा हुने भएको छ।

नेपाल सम्मेलनको आयोजक राष्ट्र रहेको सम्मेनमा ११ वटा सदस्य राष्ट्रका स्वास्थ्यमन्त्रीहरु, विश्व स्वास्थ्य संगठनका महानिर्देशक, क्षेत्रीय निर्देशक, सदस्य राष्ट्रका वरिष्ठ स्वास्थ्य अधिकारीहरु, संयुक्त राष्ट्रसंघका एजेन्सीहरु, विकास साझेदारहरु, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ।

पछिल्लो समय सन् २००९ मा समितिको सम्मेलन भएको थियो भने ११ वर्षपछि नेपालमा यसको ७४ औँ सम्मेलन हुन लागेको हो।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले सम्मेलनमा दक्षिण पूर्वी एसियाली राष्ट्रहरुमा विश्व स्वास्थ्य संगठनका कार्यक्रमहरु, नीति, बजेटको समीक्षा तथा स्वीकृति गर्नुका साथै कोभिड-१९ को नियन्त्रण तथा रोकथामको सम्बन्धमा छलफल गरिने जानकारी दिएका छन्।

अहिले चलिरहेका स्वास्थ्यसम्बन्धी कार्यक्रम र रणनीतिमा केहि फेरबदल हुनसक्‍नेसमेत उनले बताएका छन्। नेपाल आयोजक राष्ट्र भएकोले नेपाल केन्द्रित कार्यक्रम र बजेट थप हुनसक्‍ने उनले बताए। 

यही सम्मेलनबाट नेपाल आगामी एक वर्षका लागि विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको अध्यक्ष राष्ट्रको रुपमा रहने छ ।


प्रकाशित: Sep 05, 2021| 19:02 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।