बुधबार, फागुन २७, २०८२

भारतमा फेरि आन्दोलनमा तयारीमा जुटे किसान

आसन्‍न निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीविरुद्ध अभियान चलाउने र आन्दोलनका कार्यक्रमहरु फेरि सुरु गर्ने बैठकले निर्णय गरेको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

नयाँ दिल्ली- भारतमा किसानहरु फेरि आन्दोनको तयारीमा जुटेका छन्। भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोध गर्दै आएका किसानहरुले आइतबार उत्तर प्रदेशको मुज्फ्फरनगरमा बृहत बैठक गरेका छन्। 

National life

आसन्‍न निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीविरुद्ध अभियान चलाउने र आन्दोलनका कार्यक्रमहरु फेरि सुरु गर्ने बैठकले निर्णय गरेको छ। 

"केन्द्र सरकारले केही सीमित व्यक्तिहरुले मात्रै आन्दोलन गरिरहेको भन्छ । अब देख्‍ने छ - आन्दोलनमा कति सहभागी हुन्छन् भनेर। अब हामीले यसरी आवाज उठाउने छौं कि संसद्‌मा बसेकाहरुले पनि सुन्‍नेछन्," बैठकमा सहभागी एकजनाले भने। 

उक्त बृहत बैठकको शान्ति सुरक्षा र कुनै अप्रिय घटना नहोस् भन्‍नका लागि आठ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन्। "यदि सरकारले केही कुरा बुझ्‍छ भने ठिकै छ, राम्रो भयो । यदि बुझेन भने यस्ता बैठकहरु देशभर हुनेछन् र देशभर आन्दोलन हुनेछ। हामीले देश बेचिनबाट जोगाउनुपर्छ। यसका लागि किसान, मजदुर, युवा सबै एकसाथ उभिनुपर्छ," आन्दोलनको नेतृत्व गरिरहेका राकेश सिंह टिकैतले भने। 

उक्त बैठकले तत्काल प्रदेशभर आन्दोलन गर्ने र योगी आदित्यनाथको चुनावी अभियानविरुद्ध अभियान सञ्‍चालन गर्ने निर्णय गरेको छ। उनीहरुले प्रदेशका हरेक गाउँमा कृषि कानुन किन घातक छ भनेर गाउँगाउँसम्म जाने र जनतलाई बुझाउने योजना बनाएका छन्।

Laxmi sunrise bank
kumari

उनीहरुले सेप्टेम्बर २७ मा अल-इण्डिया (भारतभर) हड्ताल गर्ने योजनासमेत बनाएको भारतीय सञ्‍चारमाध्यम एनडीटीभीले जनाएको छ।


प्रकाशित: Sep 05, 2021| 18:53 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।