काठमाडौं- सन् २०२० मा संयुक्त राज्य अमेरिकाको डाइभर्सिटी भिसा (ईडीभी) परेका ६ जनाको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको छ । सन् २०२० मा ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका कक्षा १२ को नक्कली प्रमाणपत्र पेश गरेको पाइएको हो ।
महानरीय अपराध महाशाखाका अनुसार ६ जनाले भिसा प्रयोजनको लागि १०+२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाइ पेश गरेको भन्न गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जनाइएको छ।
अमेरिकी दूतावाससँगको समन्वयमा भदौ १८ गते अपराध महाशाखाबाट खटिएको विशेष टोलीले खोजतलास गरी काठमाडौं महानगरपालिका-३ महाराजगञ्जस्थित अमेरिकी राजदुतवास र काठमाडौंको विभिन्न ६ जनालाई पक्राउ गरेको जनाइएको छ ।
उक्त शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास एवं थप अनुसन्धान भइरहेको समेत जनाइएको छ। पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको अपराध महाशाखाले जनाएको छ।
पक्राउ पर्नेहरुमा पाल्पा स्थायी घर भई हाल काठमाडौं महानरपालिका १४ कुलेश्वरमा बस्दै आएका ३५ वर्षीय सुमितरत्न गुभाजु, मोरङ स्थायी घर भइ हाल ललितपुर सातदोबाटो बस्दै आएका ३५ वर्षीय अमरबहादुर कटुवाल, नवलपरासीको गैंडाकोट स्थायी घर भइ हाल कास्कीको मालेपाटन बस्दै आएका ३० वर्षीय नरेश केसी, नवलपरासीको देवचुली स्थायी घर भइ काठमाडौंको रानीबारी बस्दै आएका ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रेको बनेका ३३ वर्षीय दिप बिष्ट, काठमाडौंको टेकुमा बस्दै आएका २३ वर्षीया सोहिली शाही रहेका छन्।