शनिबार, कात्तिक २९, २०८२

महिला हिंसाविरुद्ध 'थप्पड' (ट्रेलरसहित)

के तपाईले कहिल्यै श्रीमतीलाई थप्पड हान्नु भएको छ? एक थप्पडले कसरी महिलाको आत्मसम्मानमा ठेस पुर्‍याउँछ र त्यसपछि कसरी उसको पूरा जिन्दगी बदलिन्छ। यो कुरा थाहा पाउन चाहनुहुन्छ भने तपाईले २८ फेब्रुअरीमा 'थप्पड' फिल्म हेर्न सिनेमा घरमा पुग्नै पर्ने हुन्छ।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

काठमाडौं - के तपाईले कहिल्यै श्रीमतीलाई थप्पड हान्नु भएको छ? एक थप्पडले कसरी महिलाको आत्मसम्मानमा ठेस पुर्‍याउँछ र त्यसपछि कसरी उसको पूरा जिन्दगी बदलिन्छ। यो कुरा थाहा पाउन चाहनुहुन्छ भने तपाईले २८ फेब्रुअरीमा 'थप्पड' फिल्म हेर्न सिनेमा घरमा पुग्नै पर्ने हुन्छ।

National life

तपसी पन्नुको मुख्य भूमिका रहेको फिल्म थप्पडको शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर को सुरुआतमा पन्नू र पावेल गुलाटी बीच सुमधुर सम्बन्ध चलिरहेको देख्न सकिन्छ। तर, एक पार्टीमा पावेलले सबैका सामुन्ने पन्नुमाथि थप्पड प्रहार गर्छन् र उनीहरुको जीवन नै बदलिन्छ। पन्नु थप्पडले आफ्नो आत्मसम्मानमा ठेस पुगेको भन्दै पावेललाई डिभोर्स दिने निर्णयमा पुग्छिन् तर, उनका साथी तथा आफन्तहरुलगायत वकिलले पनि एक थप्पड त हानेको हो नी भन्दै सम्झाउने प्रयास गर्छन्। तर उनी यसकाविरुद्धमा उभिन्छिन्।

फिल्मले नारीमाथि हुने घरेलु हिंसामाथि कडा प्रहार गरेको भन्दै यसको व्यापक प्रसंसा हुन थालेको छ। समाजिक सञ्जालमा अधिकांश दर्शकले यसका लागि पन्नुलाई धन्यवाद दिएका छन्।

फिल्मको निर्देशन अनुभव सिन्हाले गरेका हुन्।

यस्तो छ ट्रेलर

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 31, 2020| 15:52 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्