मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गुरु भट्टराईले कानुन विपरीत भर्ना गरेका रेल्वे कम्‍पनीका १५१ कर्मचारी हटाइए

गुरु भट्टराईले कानुन विपरीत भर्ना गरेका रेल्वे कम्‍पनीका १५१ कर्मचारी हटाइए

रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक गुरू भट्टराईले कानुन विपरीत ज्यालादारीमा राखेका कर्मचारीहरु हटाइएका हुन्। कम्पनीले ती कर्मचारीहरुलाई हाजिर नगर्न निर्देशन दिइसकेको छ।
 |  आइतबार, भदौ २०, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, भदौ २०, २०७८

जनकपुरधाम- नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत कानुन विपरीत राखिएका १५१ कर्मचारी हटाइएका छन्। रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक गुरू भट्टराईले कानुन विपरीत ज्यालादारीमा राखेका कर्मचारीहरु हटाइएका हुन्। कम्पनीले ती कर्मचारीहरुलाई हाजिर नगर्न निर्देशन दिइसकेको छ।

National life

 नेपाल रेल्वे कम्पनीका नवनियुक्त प्रबन्ध सञ्‍चालक निरञ्‍जन कुमार झाले एक सूचना प्रकाशित गर्दै कानुन विपरीत भर्ना गरिएका कर्मचारीलाई आफूखुसी हाजिर नगर्न निर्देशन दिएका हुन्। 

रेल सञ्‍चालनको टुंगो नलागेको अवस्थामा नियुक्त गरिएका विभिन्‍न पदका १५१ जना ज्यालादारी कर्मचारीलाई झाले हटाएका हुन्। कम्पनीले जारी गरेको सूचनामा कानुनी तथा प्राविधिक कारणले जयनगर–कुर्था खण्डमा रेल सेवा सञ्चालनमा आउन केही समय लाग्‍ने भएकोले रेल्वे सञ्चालनका लागि भनेर तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा भर्ना गरिएका कर्मचारीहरुले आफूखुशी दैनिक रुपमा हाजिरी गरिरहेकाले कार्यालयले काममा नखटाइ आफूखुशी हाजिर गरेको आधारमा ज्याला रकम भुक्तानी गर्न कानूनले नमिल्ने भएकोले हाजिर नगर्न आग्रह गरिएको हो।

तत्कालीन रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक गुरू भट्टराईको आदेशमा काम नगरे पनि कर्मचारीहरुले ज्याला पाउँदै आएका थिए। नयाँ प्रबन्ध निर्देशक झा आएपछि कानुन विपरीत बसेरै तलब खाइरहेका सबै कर्मचारीलाई हटाएका हुन्।

प्रबन्ध सञ्चालक झाले भने, "कामै नगरी ज्यालादारीका कर्मचारीले ज्याला पाउने कानूनी प्रावधान छैन् त्यसैले उनीहरूलाई हटाएको छु । अब रेल चल्ने निश्चित भएपछि लोक सेवाको अनुमति लिएर मात्र कर्मचारी भर्ना गरिने छ ।"

Laxmi sunrise bank
kumari

यसैबिच, रेल्वेमा ज्यालादारीमा कार्यरत रहेका कर्मचारीहरुले प्रबन्ध सञ्‍चालक निरञ्‍जन कुमार झाको यस निर्णयको विरोध जनाउँदै धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। 

ज्यालादारी कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलामार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल रेल बिभाग र नेपाल रेल्वे कम्पनी लिमिटेडलाई ज्ञापनपत्र बुझाएका हुन्। 

ज्ञापनपत्रमा सम्पूर्ण तयारी पूरा भइ सञ्‍चालन गर्ने अवस्थामा रहेको नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाइ जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीहरुलाई एक्कासी सूचना निकाली नेपाल रेल्वे कम्पनी लिमिटेडका नवनियुक्त महाप्रबन्धकले कर्मचारीहरुलाई हाजिरसमेत गर्न नदिएको भन्दै भर्त्सना गरेका छन्।


प्रकाशित: Sep 05, 2021| 17:48 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।