बिहीबार, वैशाख ३१, २०८३

चर्चामा सुनिल र रक्षाको ‘माया हुन्छ, हुन्छ’

पछिल्लो समय निकै चर्चामा रहेका मोडल तथा निर्देशक सुनिल क्षेत्री र मोडल रक्षा श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘माया हुन्छ हुन्छ’ सार्वजनिक भएको छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं- पछिल्लो समय निकै चर्चामा रहेका मोडल तथा निर्देशक सुनिल क्षेत्री र मोडल रक्षा श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘माया हुन्छ हुन्छ’ सार्वजनिक भएको छ।

National life

हेमन्त शिशिर र सन्ध्या आचार्यको स्वरमा रहेको गीतको लय तथा शब्द बिदुर आपगाइँले गरेका हुन्।

चलचित्र निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको उक्त गीतको भिडियोले थोरै समयमा चर्चा बटुल्न सफल भएको छ।

थुप्रै नेपाली चलचित्रहरू निर्देशन गरिसकेका पाण्डेद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा नयाँ प्रयोगहरू गरिएका छन्। दोहोरी गीत भए पनि फरक शैलीमा म्युजिक भिडियो बनाइएको निर्देशक पाण्डेले बताए।

‘दोहोरी गीत हो, कलाकारलाई अलिक फरक तरिकाले प्रस्तुत गर्न खोजेको छु ’, उनले भने, ‘म्युजिक भिडियो राम्रो बनेको छ।’
भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने विकास दाहालको सम्पादन रहेको छ।

 

प्रकाशित: Jan 30, 2020| 09:49 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्