शनिबार, कात्तिक २९, २०८२

फ्यानको फोन खोस्ने सलमानमाथि प्रतिबन्धको माग

बलिउड अभिनेता सलमान खानले गोवा एयरपोर्टमा आफ्ना एक फ्यानको फोन खोसेपछि उनी विवादमा तानिएका छन्।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं- बलिउड अभिनेता सलमान खानले गोवा एयरपोर्टमा आफ्ना एक फ्यानको फोन खोसेपछि विवादमा तानिएका छन्। मंगलबार आफ्नो राधे फिल्मको सुटिङमा लागि गोवा आइपुगेका सलमानलाई देखेपछि उनका एक फ्यानले सेल्फी लिन हात माथि उचालेका बेला सलमानले उनीसँग रहेको फोन खोसेर लिएका थिए।

National life

सलमानको यस्तो हर्कतको सामाजिक सञ्जाललगायत त्यहाँको नेशनल स्टुडेन्ड यूनियन अफ इन्डिया (एनएसयूआई)ले पनि विरोध जनाएको छ। यतिसम्मकी उनलाई गोवा प्रवेशमा समेत प्रतिबन्ध लगाउन माग गरिएको छ।

एनएसयूआईले गोवाका मुख्यमन्त्री प्रमोद सावन्तलाई एक पत्र लेख्दै सलमानले यस घटनामा माफी नमाग्दासम्म उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउन माग गरेको छ। एनएसयूआईका अध्यक्ष अहराज मुल्लाले मुख्यमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ, 'म तपाईको आधिकारीक निकायलाई यस घटनामा गम्भीरताका साथ अनुसन्धान गर्न आग्रह गर्छु। एक फ्यानको सार्वजनिक रुपमा अपमान भएको छ। उनले यस घटनामा माफी माग्नुपर्छ। अन्यथा यस्तो खराब रेकर्ड भएको कलाकारलाई गोवा प्रवेशमा रोक लगाउनु पर्छ।'

एनएसयूआईसँगै पूर्व एमपी तथा बीजेपीका सचिव नरेन्द्र सावइकरले सलमानले फ्यानमाथि देखाएको व्यवहार आपत्तिजनक रहेको बताए। उनले ट्वीट गर्दै भनेका छन्, 'तपाईं एक कलाकार भएको नाताले फ्यान सार्वजनिक स्थलमा सेल्फी लिन चाहन्छन्। तपाईंको एटिट्युट र व्यवहार खेदजनक छ।'

घटनाबारे सलमानका तर्फबाट कुनै प्रतिक्रिया आइसकेको छैन।

Laxmi sunrise bank
kumari

हेर्नुस् भिडिओ

प्रकाशित: Jan 30, 2020| 14:04 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्