बिहीबार, वैशाख ३१, २०८३

धुर्मुसको ‘सेन्टी भाइरस’ यस्तो बन्यो (ट्रेलरसहित)

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

काठमाडौं– चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ।
पारिवारिक र राजनीतिक विषयवस्तुलाई समावेश गरेर तयार पारिएको चलचित्रको ट्रेलर आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरिएको हो । चलचित्र निर्देशन रामबाबु गुरुङले गरेका छन्।

National life

चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्धि तामाङ, राजाराम पौडेल लगायतलाई देखाइएको छ। चलचित्रले विशेषगरी श्रीमान् श्रीमतीको घर झगडा, फरक पार्टीमा आवद्ध हुँदा आउने समस्यालाई उठान गरेको छ।

डिन्डु लामाको लगानीमा बनेको यो चलचित्रमा फुर्पा होल्मो सह–निर्माताको रुपमा छन्। कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको समपादन, राजनराज सिवाकोटी, शंकर थापा, सुशान्त गौतम र कालिप्रसाद बाँस्कोटाको संगीत छ। चलचित्र फागुन ९ गतेबाट रिलिज हुँदैछ।

चलचित्रबाट आएको नाफाको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खर्च गरिने धुर्मुसले जनाएका छन्।

प्रकाशित: Jan 29, 2020| 17:40 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्