बिहीबार, वैशाख ३१, २०८३

‘तानाजी’ दुई सय करोड क्लबमा

बलिउड अभिनेता अजय देवगन अभिनित चलचित्र ‘तानाजी : द अनसंग वारियर’ दुई सय करोड क्लबमा प्रवेश गरेको छ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनित चलचित्र ‘तानाजी : द अनसंग वारियर’ दुई सय करोड क्लबमा प्रवेश गरेको छ।

National life

चलचित्र समीक्षक एवं व्यापार विश्लेषक तरन आदर्शका अनुसार चलचित्रले रिलिज भएको १५ दिनमा (शुक्रबार) २०२.८३ रूपियाँ कारोवार गरेको हो।

उनले आफ्नो ट्विटर ह्यान्डलमार्फत् शुक्रबार चलचित्रले शुक्रबार ५.३८ करोड कारोवार गरेको जनाएका छन्।

चलचित्र गत पुस १५ गते (जनवरी १०) रिलिज भएको थियो।

चलचित्रमा अजयका अलावा सैफ अली खान र काजोलले अभिनय गरेका छन्।

चलचित्र छत्रपति शिवाजी महाराजको बाल्यकालको साथी तानाजीको जीवनमा आधारित छ।

चलचित्रको निर्देशन ओम राउतले गरेका छन्।

प्रकाशित: Jan 26, 2020| 11:09 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्