आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अध्ययन: महिला नेतालाई ट्विटरमा बलात्कारको धम्की, गाली र अपमानपूर्ण व्यवहार

अध्ययन: महिला नेतालाई ट्विटरमा बलात्कारको धम्की, गाली र अपमानपूर्ण व्यवहार

मुसलमान महिला नेताका लागि अन्य धर्मका महिलाको तुलनामा ९१.४ प्रतिशत बढी आपत्तिजनक ट्विट गरिएको पाइएको छ।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

भारतीय महिला नेताले ट्विटरमा निरन्तर दुव्र्यवहार सामना गरिरहेका छन्।

National life

एमनेस्टी इन्टरनेसनल इन्डियाको सहयोगमा गरिएको एक अध्ययनमा ९५ भारतीय महिला नेता लक्षित ट्विटको समीक्षा गरिएको थियो।


‘ट्रोल पेट्रोल इन्डिया : एक्सपोजिङ अनलाइन अब्युज फेस्ड बाइ वुमन पोलिटिसियन्स’ नामक अध्ययनमा सामेल ९५ जना महिला नेताहरु लक्षित १३.८ प्रतिशत ट्विट आपत्तिजनक वा अपमानित गर्ने खालका थिए।

यसको अर्थ यी महिला नेताहरूले दैनिक १० हजारभन्दा बढी अपमानजनक ट्विटको सामान गर्नुपर्छ। मुसलमान महिला नेताका लागि अन्य धर्मका महिलाको तुलनामा ९१.४ प्रतिशत बढी आपत्तिजनक ट्विट गरिएको पाइएको छ।

अध्ययन सन् २०१९ को लोकसभा निर्वाचनअघि, निर्वाचनका बेला र त्यसलगत्तै (मार्चदेखि मेसम्म) गरिएको थियो।

Laxmi sunrise bank
kumari

यस्तो छ अध्ययनको निष्कर्ष

१. भारतीय महिला नेताका लागि गरिएका प्रत्येक सात ट्विटमा एउटा आपत्तिजनक थियो।

२. लोकप्रिय महिला नेता सबैभन्दा धेरै ट्रोलिङको सिकार भएका छन्।

३. मुसलमान महिला नेताले अन्य महिला नेताहरुको तुलनामा ५५.५ प्रतिशत आपत्तिजनक ट्विटको सामना गर्नुप¥यो। मुसलमान नेताहरुलाई जोडेर गरिएका धर्मसम्बन्धी ट्विट हिन्दू नेताहरुका लागि गरिएका ट्विटभन्दा दोब्बर छन्।

४. सत्तारूढ भाजपा नेताको तुलनामा ‘अन्य’ दलका महिला नेताले ५६.७ प्रतिशत बढी अपमान सहनुपरेको छ। यस्तै कांगे्रस महिला नेताले भाजपाका भन्दा ४५.३ प्रतिशत बढी अपमान भोग्नुपरेको छ।

५. अनुसूचित जाति, अनुसूचित जनजाति र अन्य पिछडिएका वर्गका नेताहरुले अन्य नेताको तुलनामा ५९ प्रतिशत बढी ट्रोलिङको सामना गर्नुपरेको छ। उनीहरुलाई लक्षित गर्दै जाति–आधारित अपशब्दको पनि प्रयोग गरिएको पाइयो।

ठूलो मूल्य

भाजपा नेत्री शाजिया इल्मीले भनिन्, “राजनीतिमा अझै धेरै महिला आउनु जरुरी छ तर, यो कामका लागि मैले जुन मूल्य चुकाएकी छु, त्यो निकै ठूलो छ। ट्विटरमा म लगातार ट्रोल भइरहेकी हुन्छु, अनलाइन उत्पीडनको सिकार भएकी छु। म कस्ती देखिन्छु, मेरो रिलेसनसिप स्टेटस के हो, मेरा सन्तान किन छैनन्....जस्ता फोहर कुराहरु जति तपाईं सोच्न सक्नुहुन्छ, ती सबै मैले झेल्नुपर्छ। जो मानिस मेरा विचारसँग सहमत हुँदैनन्, उनीहरु मेरो कामका बारेमा टिप्पणी गर्दैनन्। उनीहरु मलाई ‘वेश्या’ भनिरहेका हुन्छन्।”

आम आदमी पार्टीकी आतिशी मार्लेनाले सार्वजनिक स्थानमा आफ्नो सुरक्षा सुनिश्चित गर्ने दायित्व महिलाको मात्रै नहुने बताइन्।

उनी भन्छिन्, “सार्वजनिक यातायातमा महिला सुरक्षा सुनिश्चित गर्नु सरकारको जिम्मेवारी भए जस्तैै कोही महिलाले ट्विटरको प्रयोग गरिरहेको छ भने त्यहाँ सुरक्षा सुनिश्चित गर्नु ट्विटरको जिम्मेवारी हो।”

भाकपा (माक्र्सवादी–लेनिनवादी) नेत्री कविता कृष्णनन्का अनुसार अनलाइन ट्रोलिङका कारण मानसिक तनाव हुन्छ।

उनी भन्छिन्, “कतिपटक कुनै ट्विट रिपोर्ट गर्‍यो भने ट्विटरले उक्त ट्विटबाट उसको नीतिको उल्लंघन नभएको जवाफ दिन्छ। उसो भए यी सोसल मिडिया प्लेटफर्ममा रिपोर्टिङ र गुनासोको देखावटी काम बन्द गरे भैगो। तपाईं कसैमाथि कुनै कारबाही गर्नुहुन्न भने नीति बनाउनुको औचित्य के छ ?”

ट्रोलिङको प्रभाव

लामो समयदेखि अनलाइन ट्रोलिङको मानसिक असरबारे अध्ययन गरिरहेकी मनोवैज्ञानिक नितु राणाका अनुसार ट्रोलिङले मानसिक स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ।

उनी भन्छिन्, “सामाजिक सञ्जालमा लगातार ट्रोल भइरहँदा मानसिक तनाव बढ्छ। हीन भावना र असुरक्षाको अनुभूति बढ्न सक्छ। अनलाइन उत्पीडनको सिकार भएका केही मानिस एक्लिंदै जाने सम्भावना हुन्छ।”

डा. नितुका अनुसार ट्रोल्ससँग कुनै कुराकानी वा बहसमा सहभागी हुनु हुँदैन।

उनी भन्छिन्, “यदि तपाईं ट्रोल्सका प्रतिक्रियामा ध्यान दिनुहुन्छ, उसलाई प्रत्यूत्तर दिनुहुन्छ र आक्रोश व्यक्त गर्नुहुन्छ भने ऊ झन् उत्साहित हुन्छ। त्यसैले कसैले आपत्तिजनक कमेन्ट गर्छ भने त्यसलाई तुरुन्तै डिलिट गर्नुहोस् वा रिपोर्ट गर्नुहोस्।”

प्रकाशित: Jan 24, 2020| 12:35 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।