बुधबार, असार ३१, २०८३

अस्ट्रेलियन ओपनमा सेरेना विलियम्स पराजित

 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

मेलबर्न– अस्ट्रेलियन ओपन टेनिसको तेस्रो राउन्डमै सेरेना विलियम्स नाटकीय रुपमा पराजित भएकी छिन्। शुक्रबार सम्पन्न खेलमा सेरेना विलियम्स चीनकी वाङ कियाङसँग २–१ को सेटमा पराजित भएकी हुन्

३८ वर्षीया सेरेना २४औं ग्रान्डस्लाम जित्ने उद्देश्यसहित अस्ट्रेलियन ओपनमा सहभागी भएकी थिइन् ।
सेरेना विलियम्सले यस पटक अस्ट्रेलियन ओपनको आठौं ताज पहिरिने सम्भावना रहेको अड्कल गरिएको थियो। यी दुई खेलाडीबीच यसअघि एक पटक मात्र प्रतिस्पर्धा भएको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा वाङले सेरेनालाई ६–४, ६–७ (२–७), ७–५ सेटमा पराजित गरिन् । सेरेनाले यसअघि सन् २०१७ मा अस्ट्रेलियन ओपन खेलेकी थिइन् । सन् २०१८ मा बच्चा जन्मिएका कारण उनी खेलमा सहभागी भएकी थिइनन् ।

विश्व वरियतामा २७औं क्रममा रहेकी वाङले सेरेनालाई पराजित गरेपछि आफ्नो टोलीका सदस्यहरुले मैले जित्न सक्छु भनेर निरन्तर हौसला दिएको प्रतिक्रिया दिइन् । गत वर्ष अमेरिकी ओपनको क्वार्टर फाइनलमा वाङ सेरेना विलियम्ससँग ६–१, ६–० को सोझो सेटमा पराजित भएकी थिइन् ।

चीनको तियानजिनकी २८ वर्षीया वाङले यसपटक अस्ट्रेलियन ओपन जित्ने अडकलबाजी गर्न थालिएको छ । गत वर्ष पनि उनी तेस्रो राउन्डबाट बिदा भएकी थिइन् ।

महिलातर्फको अर्को प्रतिस्पर्धामा पूर्व विश्व नम्बर १ क्यारोलिन ओज्नीयाकी तल्लो क्रमकी ट्युनिसियाली खेलाडी ओन्स जाबेरसँग ७–५, ३–६, ७–५ ले पराजित भएकी छिन् । यो पराजयसँगै क्यारोलिनले पनि अन्तर्राष्ट्रिय टेनिस खेलबाट सन्न्यास लिएकी छिन् ।

 

प्रकाशित: Jan 24, 2020| 11:58 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।