बुधबार, असार ३१, २०८३

आरबीबी–एनभीए राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपको फाइनल आज

पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपका फाइनल खेल आज हुँदैछन्।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं– पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपका फाइनल खेल आज हुँदैछन्।

महिलातर्फको फाइनलमा भने एपीएफ र न्यु डाइमन्ड प्रतिस्पर्धा गर्दैछन्।

राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा दिउँसो २ बजे खेल सुरु हुँदैछ।

एपीएफ नेपाल पुलिस क्लबलाई सेमिफाइनलमा ३–०को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो भने न्यु डाइमन्डले पनि त्रिभुवन आर्मी क्लबलाई ३–० कै सोझो सेटमा हराएर उपाधि भिडन्त गर्न लागेको हो।

यस्तै, पुरुषतर्फको फाइनलमा एपीएफ र हेल्प नेपाल स्पोर्टस् क्लब प्रतिस्पर्धा गर्दैछन्।

राखेपको कभर्डहलमा दिउँसो ४ बजे खेल सुुरु हुँदैछ।

यसअघि सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउँदा हेल्प नेपाल स्पोर्टस्ले नेपाल पुलिस क्लबलाई ३–०कै सोझो सेटमा पराजित गरेको थियो।

नेपाल भलिबल संघको आयोजना र राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भइरहेको च्याम्पियनसिपमा पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः नगद २ लाख, १ लाख र ५० हजार रूपैयाँसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन्।

प्रकाशित: Jan 24, 2020| 09:15 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।