बुधबार, असार ३१, २०८३

नेपाल टी–२० विश्वकपकाे ग्लोबल छनोटमा

सन् २०२१ मा भारतमा आयोजना हुने टी–२० विश्वकपका लागि नेपाल सिधै ग्लोबल छनोटमा पुगेको छ।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं– सन् २०२१ मा भारतमा आयोजना हुने टी–२० विश्वकपका लागि नेपाल सिधै ग्लोबल छनोटमा पुगेको छ।

टी–२० को नयाँ वरीयतामा १२ स्थानमा परेकाले नेपाल ग्लोबल छनोटमा पुगेको हो।

यसअघि नेपालले वरीयता क्रमका आधारमा एसिया रिजन र एसिया टी–२० क्वालिफायर खेल्नुपर्थ्यो।

सन् २०२१ को मार्चदेखि जुलाइसम्म चल्ने ग्लोबल छनोटमा नेपाललगायत ११ औं स्थानमा रहेको जिम्बावे, १५ औं स्थानको युएई र २० औं स्थानको हङकङले पनि प्रतिस्पर्धा गर्नेछन्। यस्तै, सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपका पुछारका ४ टोलीले पनि ग्लोबल छनोट खेल्नुपर्नेछ।

कुल १६ टिमको सहभागिता रहने सो छनोटमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता खेलाइनेछ।

दुवै समूहका शीर्ष दुई टोलीले विश्वकपमा भाग लिन पाउने छन्।

प्रकाशित: Jan 24, 2020| 07:55 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।