बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मनाङ मर्स्याङ्दीको सामना गर्दै सरस्वती, ब्रिगेड ब्वाइज र च्यासल भिड्दै

मनाङ मर्स्याङ्दीको सामना गर्दै सरस्वती, ब्रिगेड ब्वाइज र च्यासल भिड्दै

 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (शुक्रबार) दुई खेल हुँदैछन्।

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १२ बजे सुरु हुने पहिलो खेलमा पुछारको सरस्वती युथले जारी सिजनमा अपराजित मनाङ मर्स्याङ्दीको सामना गर्दैछ।

यस्तोमा मनाङ मर्स्याङ्दी कमजोर सरस्वतीलाई हराएर शीर्ष स्थानको त्रिभुवन आर्मीसँग अंक बराबरी गर्ने रणनीतिमा हुनेछ।

सरस्वती भने कम्तिमा पनि अंक बाँड्ने दाउमा हुनेछ। तर, कमजोर सरस्वतीलाई मनाङ मर्स्याङ्दीलाई रोक्नु चुनौती छ।

जारी सिजनमा १३ अंकसहित अंकतालिकाको चौथो स्थानमा रहेको मनाङ मर्स्याङ्दीले ३ खेलमा जित र ४ मा बराबरी खेलेको छ। यता सरस्वतीले भने १ खेलमा बराबरी र ६ मा हारको सामना गरेको छ।

अंकतालिकामा त्रिभुवन आर्मी १६ अंकसहित पहिलो, मछिन्द्र समान अंकसहित दोस्रो स्थानमा रहँदा थ्री स्टार क्लब १४ अंक बटुलेर तेस्रो स्थानमा कायम छ।

दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुन लागेको अर्काे खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब आमनेसामने हुँदैछन्।

यी दुवै टिम आजको खेल जितेर अंकतालिकामा माथि उक्लने दाउमा छन्।

जारी सिजनमा ब्रिगेड ब्वाइज ८ अंकसहित नवौं स्थानमा रहँदा च्यासल ६ अंक बटुलेर बाह्रौं स्थानमा छ।

 

प्रकाशित: Jan 24, 2020| 07:22 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।