बिहीबार, वैशाख ३१, २०८३

लोकप्रिय बन्दै नवराज कलौनीको ‘डलर’

 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं गायक, संगीतकार तथा गीतकार नवराज कलौनीको नयाँ गीत ‘डलर’ ऐट के एभरेस्ट युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

National life

कलौनीको शब्दलाई आर्जन पाण्डे र विद्या तिवारीले आवाज दिएका छन्। मोहित मुनालको एरेन्ज रहेको गीतमा अहिलेका चर्तित र्‍यापर मिस्टर आरजेले र्‍याप भरेका छन्।

कार्टुन क्र्युका चर्चित जोडि सरोज अधिकारी र आश्मा बिश्वकर्मा, नायिका बर्षा रावत, आर्जन पाण्डेय तथा मिस्टर आर.जेलाई गीतको म्युजिक भिडियोमा देख्न पाइन्छ।

भिडियोको निर्देशन गम्भीर बिस्टले गरेका हुन्। गीत युवा युवतीको मायाँ प्रेममा आधारित छ।

डलर गीतले युट्युबबाट सार्वजनिक भएकाे तेस्राे दिनमै करिब ६ लाख भ्युज पाएकाे छ।

गीत २० जनवरीमा सार्वजनिक गरिएकाे हाे।

 

प्रकाशित: Jan 23, 2020| 17:12 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्