बुधबार, असार ३१, २०८३

जावलाखेलको संघर्षपूर्ण जित

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार सम्पन्न दोस्रो खेलमा जावलाखेल युथ क्लबले विभागीय टोली एपिएफलाई पराजित गरेको छ।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार सम्पन्न दोस्रो खेलमा जावलाखेल युथ क्लबले विभागीय टोली एपिएफलाई पराजित गरेको छ।

जावलाखेलले १-० को संघर्षपूर्ण नतिजामा एपिएफलाई हराएको हो।

दुवै टोली गोल गर्न असमर्थ भएपछि पहिलो हाफ गोलरहित बाराबरीमा सकिएको थियो।

दोस्रो हाफमा जावलाखेलका किपर टेकेन्द्र थापाले रातो कार्ड पाएका थिए। बक्स बाहिर हेन्डबल गरेकाले उनलाई ५७ औं मिनेटमा रातो कार्ड दिइएको हो।

खेलको ७१ औं मिनेटमा पहिलो गोल गर्दै जवलाखेलले सुरुवाती अग्रता बनायो। उसका फोफाना फोडेले वान टच गोल गर्दै अग्रता बनाएको हो।

फोफानाको गोल नै खेलको निर्णयक गोल बन्यो।

यो जितसँगै जावलाखेल युथ क्लब १२ अंकका साथ अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ।

उता एपिएफ ५ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ।

प्रकाशित: Jan 23, 2020| 17:04 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।