बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • कोहली भन्छन्, ‘खेलाडी सिधै स्टेडियममा ल्याण्ड गर्ने अवस्था आउनेछ’

कोहली भन्छन्, ‘खेलाडी सिधै स्टेडियममा ल्याण्ड गर्ने अवस्था आउनेछ’

भारतीय क्रिकेट टिमले लगातार क्रिकेट सिरिज खेलिरहेको छ। यसबारे क्रिकेट टिमका कप्तान विराट कोहलीले चिन्ता प्रकट गरेका छन्।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं- भारतीय क्रिकेट टिमले लगातार क्रिकेट सिरिज खेलिरहेको छ। यसबारे क्रिकेट टिमका कप्तान विराट कोहलीले चिन्ता प्रकट गरेका छन्।

उनले अब खेलाडीले विमानस्थलमा ल्याण्ड हुने बित्तिकै क्रिकेट मैदानतिर कुद्नुपर्ने दिन आउन धेरै टाढा नभएको बताएका छन्।

उनले भने, ‘त्यो दिन धेरै पर छैन, जब खेलाडी सिधै स्टेडियममा ल्याण्ड गर्नेछन् र म्याच खेल्नेछन्।’

भारतले ४ दिन पहिला (१९ जनवरी) मात्र अष्ट्रेलियाविरुद्ध वान डे सिरिज खेलेको थियो। त्यस्तै भोलि (शुक्रबार) न्युजिल्याण्डसँग टी–२० खेल्न भारतीय टोली त्यता प्रस्थान गरेको छ।

एक दिवसीय विश्वकप २०१९को सेमीफाइनलमा हारेपछि न्युजिल्याण्डसँग फेरी खेल्न लागेको हो।

न्युजिल्याण्ड जानुअघि कोहलीले पत्रकारसँग भने, ‘अष्टे«लिया सिरिजपछि थोरै समयमा न्युजिल्याण्ड जानुपरेकाले हामीमाथि धेरै दबाब छ। समयका हिसाबले ७ घण्टा टाढा रहेको भुगोलमा गएर तुरुन्त खेल्नु धेरै मुस्किल हुन्छ।’

उनले अगाडीको खेल तालिकामा सुधार गर्नुपर्ने भन्दै हालको परिस्थितीमा जे भैरहेको छ त्यो त स्वीकार्नैपर्ने बाध्यता भएको बताए। उनले भने, ‘दोस्रो पटक मैदानममा जाँदा आफ्नो राम्रोका लागि हामीले प्रयास गर्नुपर्ने हुृन्छ। आजको विश्व क्रिकेट यही हो। तर, जे हुँदैछ त्यो त भएरै छोड्छ।’

भारतीय टोलीले एक दिवसीय खेलका क्रममा मैदानमा धेरै समय बिताएको छ। उसले त्यसपहिले टी–२० पनि खेलेको थियो। यस विषयलाई इंकित गर्दै उनले भने, ‘टी–२० सहित हामीले अन्य खेल पनि खलेका छौं। यस्तोमा हामी कम समयमा पनि पुन खेल्न तयार छौं। र, सिरिजलाई लिएर म पनि उत्साहित छौँ।’

उनले प्रतिस्पर्धी टोली न्युजिल्याण्डका बारेमा पनि बताएका छन्।

कोहलीले भने, ‘न्युजिल्याण्ड को खेल तालिका निकै आरामदायक रहेको छ। न्युजिल्याण्डमा मानिसहरु खेललाई कामका रुपमा लिन्छन र उनीहरु आफ्नो कामप्रति बफादार रहन्छन्।’

अघिल्लो विश्वकपमा भारत न्युजिल्याण्डसँग सेमिफाइनलमा हारेको थियो। ‘के भारतले त्यो हारको बदला लिन्छ ?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘न्युजिल्याण्डसँग बदला लिने बारेमा हामी सोच्न पनि सक्दैनौँ।

यदि तपाईं बदलाको बारेमा सोच्नु हुन्छ भने पनि उनीहरु यति राम्रा छन् की तपाईं त्यस्तो गर्नै सक्नुहुन्न।’

प्रकाशित: Jan 23, 2020| 16:29 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।