बुधबार, असार ३१, २०८३

थ्रीस्टार ‘ए’ डिभिजन लिगको शीर्ष तीनमा

हिमालयन शेर्पाका स्टेफेन समिरले फ्रि किकमार्फत् प्रहार गरेको बल थ्री स्टारका किपरले रोक्न नसेपछि खेल बराबरी भयो।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगको आज सम्पन्न खेलमा जितसँगै थ्रीस्टार क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। हिमालयन शेर्पा क्लबलाई ३–१को गोल अन्तरले हराउँदै थ्रीस्टार शीर्ष तीनमा स्थान बनाउन सफल भएको हो।

खेलको छैटौं मिनेटमै लाल रम्भाराले दिएको पासलाई सुशील राईले गोलमा परिणत गरेका थिए। छैटौं मिनेटमा बनाएको अग्रता थ्री स्टारले पहिलो हाफको अन्तिमसम्म बचाउन खोज्दाखोज्दै इन्जुरी समयमा चुकेको थियो।

हिमालयन शेर्पाका स्टेफेन समिरले फ्रि किकमार्फत् प्रहार गरेको बल थ्री स्टारका किपरले रोक्न नसेपछि खेल बराबरी भयो।

इन्जुरी समयमै थ्रीस्टारले दोस्रो गोल गर्दै अग्रतालाई पुन हातमा लियो। उसका सन्जोग राईले डि बक्स भित्रबाटै स्कोर गरेर पहिलो हाफको अन्त्यमा २–१ को अग्रता बनाएका थिए।

५० औं मिनेटमा थ्री स्टारका हाजिमतले निशान खड्काको पासलाई गोलमा परिणत गरे। यो गोलसँगै थ्री स्टारले ३–१ को जित निकालेको हो।

थ्री स्टारले यो जितसँगै १४ अंक बनाएको छ। उसले ४ खेलमा जित, २ बराबरी र २ हारको सामना गरेर सो नतिजा बनाएको हो।

उता हिमालयन शेर्पा क्लब ७ अंकका साथ ११औं स्थानमा छ।

प्रकाशित: Jan 23, 2020| 14:15 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।