सोमबार, चैत ९, २०८२

भलिबल क्लब च्याम्पियनसिपः एपिएफ र न्यू डाइमण्ड फाइनलमा

त्रिपुरेश्वरको राखेपको कभर्डहलमा भएको खेलमा एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा हराएको हो।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं– काठमाडौंमा जारी पाँचौं चरणको आरबीबी एनभीए महिला–पुरुष भलिबल क्लब च्याम्पियनसिपमा महिलातर्फका सेमीफाइनल खेल सम्पन्न भएका छन्।

National life

आज (बिहीबार) भएको पहिलो खेलबाट सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ फाइनलमा प्रवेश गरेको छ। उसले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो।

एपिएफ २५–१५, २५–१६ र २५–२२ को सेटमा पराजित भयो। त्यस्तै, आजै भएको अर्को सेमीफाइनल खेलमा न्यू डाइमण्ड क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।

न्यू डाइमण्डले आर्मीलाई को ३–० को सोझो सेटमा हराएको हो। न्यू डाइमण्डले २५–१५, २५–२२ र २५–१३ को सेटमा जित हात पार्दै फाइनल प्रवेश गर्यो।

सेमीफाइनलको दोस्रो खेलसँगै एपिएफ र न्यू डाइमण्ड क्लब फाइनलमा प्रवेश गरेका छन्। फाइनल खेल भोलि ३ बजे त्रिपुरेश्वरमा हुने छ।

Laxmi sunrise bank
kumari

जारी क्लब च्याम्पियनशिपको महिलातर्फको विजेताले दुई लाख पाउनेछन् भने दोस्रो र तेस्रोले क्रमशः एक लाख र ५० हजार पुरस्कार पाउने छन्।

त्यस्तै च्याम्पियनशिपको उत्कृष्ट खेलाडीले २५ हजार पाउने छन्। उत्कृष्ट स्पाइकर, लिब्रो, बल्कर, लिफ्टर र प्रशिक्षकलाई पनि जनही १० हजार पुरस्कार वितरण गरिने छ।

प्रकाशित: Jan 23, 2020| 14:09 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।