बुधबार, असार ३१, २०८३

‘ए’ डिभिजन लिग : थ्री स्टारलाई तेस्रो स्थानमा उक्लने अवसर

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (बिहीबार) दुई खेल हुँदैछन्।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (बिहीबार) दुई खेल हुँदैछन्।

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १२ बजे सुरु हुने पहिलो खेलमा थ्री स्टार र हिमालयन शेर्पा क्लब आमनेसामने हुँदैछन्।

यस्तोमा थ्री स्टार आजको खेलमा जित हात पार्दै अंकतालिकामा माथि उक्लने दाउमा छ।

७ खेलबाट ११ अंक बटुलेको थ्री स्टार अंकतालिकाको पाँचौं स्थानमा छ। उसले ३ जित र २ बराबरी खेलेको छ।

आजको खेलमा विजयी भए थ्री स्टार तेस्रो स्थानमा पुग्नेछ।

अघिल्लो खेलमा मछिन्द्र क्लबलाई पराजित गरेको हिमालयन शेर्पा त्यसलाई निरन्तरता दिने योजनामा छ। शेर्पाले मछिन्द्रमाथि २–० को जित हात पारेको थियो।

अंकतालिकामा ७ अंकसहित हिमालयन शेर्पा ११ औं स्थानमा छ। थ्री स्टारमाथि जित निकाल्न सके हिमालयन शेर्पा सातौं स्थानमा पुग्नेछ।

दिउँसो ३ बजे जावलाखेल युथले विभागीय टोली एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यस्तोमा दुवै टोली जित हात पार्ने दाउमा हुनेछन्।

जाउलाखेल ७ खेलबाट २ जित र ३ बराबरीसहित ९ अंकसहित आठौं स्थानमा छ। एपीएफलाई पराजित गरेमा जावलाखेल पाँचौं स्थानमा पुग्नेछ।

७ खेलबाट ४ अंकमात्रै बटुल्न सकेको एपीएफ पुछारबाट दोस्रो (तेह्रौं) स्थानमा छ।

प्रकाशित: Jan 23, 2020| 09:06 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।