बिहीबार, वैशाख ३१, २०८३

बर्नलीसँग म्यानचेस्टर युनाइटेड पराजित

इङग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा बर्नलीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

लण्डन– इङग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा बर्नलीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।

National life

घरेलु मैदानमा भएको खेलमा बर्नलीले युनाइटेडलाई २–० ले पराजित भएको हो।

बर्नलीको जितमा चेरिस उड र जे रोड्रिगेजले गोल गरे। खेलको ३९ मिनेटमा बर्नलीले पहिलो गोल गरेको थियो। उसका लागि चेरिस उडले गोल गर्दा पहिलो हाफमै बर्नली १ गोलले अगाडि रहेको थियो। दोस्रो हाफमा रोड्रिगेजले गोल थप्दा बर्नलीले २ गोलको अग्रता बनायो। रोड्रिगेजले ५६ औं मिनेटमा गोल गरेका थिए।

त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा बर्नलीले युनाइटेडमाथि जित निकाल्न सफल भयो।

टोटेनहमको जित

बुधबार राति नै भएको इपिएलको अर्को खेलमा टोटेनहमले नर्विच सिटीमाथि जित निकालेकाे छ।

घरेलु टोली टोटेनहमले नर्विच सिटीलाई २–१ को गोलअन्तरले हराएको हो। 

टोटेनहमको जितमा डेले अलि र सन ह्युङ मिनले गोल गरे। खेलको ३८ औं मिनेटमा डेले अलिको गोलमा अग्रता बनाएको टोटेनहम पहिलो हाफमा १ गोलले अगाडि रह्यो।

दोस्रो हाफमा नर्विच सिटीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ७० औं मिनेटमा गोल गरेका थिए। तर, सन ह्युङमिनले ७९ मिनेटमा गोल गर्दा टोटेनहम २–१ ले अगाडि रह्यो।

सन् २०२० मा टोटेनहमको यो पहिलो जित हो।

प्रकाशित: Jan 23, 2020| 08:09 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।