बुधबार, असार ३१, २०८३

ग्रिजम्यान चम्किँदा बार्सिलोनाको जित

कोपा डेल रे अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले इबिजामाथि जित निकालेको छ।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

स्पेन– कोपा डेल रे अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले इबिजामाथि जित निकालेको छ।

म्युनिसिपाल डि क्यान मिस स्टेडियममा भएको खेलका बार्सिलोनाले इबिजालाई २–१को गोल अन्तरले हराएको हो।

खेलको ९ मिनेटमै पेप क्याबेलेले गोल गर्दै इबिलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले जावी पेरेजको पासलाई गोलको दिशा दिएका थिए। पहिलो हाफमा अन्य गोल हुन नसकेपछि बार्सिलोना १ गोलले पछि परेको थियो।

७२औं मिनेटमा गोल गर्दै एन्टोनी ग्रिजम्यानले नतिजालाई बराबरीमा ल्याए। त्यसपछि दबाबमा परेको इबिजाले इन्ज्युरी समयमा अर्को गोलको सामना गर्नुपर्यो। बार्सिलोनाका तर्फबाट दोस्रो गोल पनि ग्रिजम्यानले नै गरे।

प्रकाशित: Jan 23, 2020| 08:03 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।