बुधबार, असार ३१, २०८३

रोमालाई हराउँदै युभेन्ट्स सेमिफाइनलमा

कोपा इटालियाअन्तर्गत बुधबार राति सम्पन्न खेलमा युभेन्ट्सले रोमामाथि जित निकालेको छ।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

रोम– कोपा इटालियाअन्तर्गत बुधबार राति सम्पन्न खेलमा युभेन्ट्सले रोमामाथि जित निकालेको छ।

उसले घरेलु समर्थकमाझ रोमालाई ३–१ को गोल अन्तरले हराएको हो।

जितसँगै युभेन्ट्स कोपा इटालियको सेमिफाइनलमा प्रवेश गरेको छ। 

अलिनाज स्टेडियममा सम्पन्न खेलको पहिलो हाफमै युभेन्ट्सले तीन गोल स्कोर गरेको थियो। क्रिस्टियानो रोनाल्डोले खेलको २६ औं मिनेटमा सुरुवाती गोल गरे। हिगुएनको पासलाई रोनाल्डोले गोलमा परिणत गरेसँगै युभेन्ट्सले अग्रता बनाएको थियो। त्यस्तै, ३८ औं मिनेटमा रोड्रिगोले दोस्रो गोल गरेर अग्रतालाई दोब्बर बनाए।

पहिलो हाफमा निकै आक्रामक बनेको युभेन्ट्सका तर्फबाट लियोनार्दो बोन्सीले इन्ज्युरी समयमा थप एक गोल गरे। डग्लस कोस्टाले दिएको पासलाई उनले रोमाको पोसमा प्रहार गरेका थिए।

लियोनादोको गोलसँगै युभेन्टसले पहिलो हाफमा ३–०को अग्रता बनायो।

दोस्रो हाफमा रोमाले एक गोलको सान्त्वना नतिजा पाउन सफल भयो। रोमोका अजेक्जेन्डर कोलोर्भोले प्रहार गरेको बल युभेन्ट्सको डग्लस कोस्टाको खुट्टामा छोएर आत्मघाती गोल लाग्यो।

५० मिनेटको त्यो गोलपछि अन्य गोल स्कोर हुन सकेन फलत युभेन्टसले जित निकाल्यो। युभेन्टसले सेमीफाइनल खेलमा एसीमिलान अथवा टोरीनोको समाना गर्नुपर्ने भएको छ।

कोपा इटालियामा नेपोली साविक विजेता लाजियोलाई १–० हराउँदै सेमिफाइनल प्रवेश गरिसकेको छ।

प्रकाशित: Jan 23, 2020| 07:55 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।