शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • ट्राफिक कारबाहीमा परेका 'माग्ने बूढा' भन्छन्– मिठो बोलीले लाइसेन्स माग्दा दिउँदिउँ लाग्यो

ट्राफिक कारबाहीमा परेका 'माग्ने बूढा' भन्छन्– मिठो बोलीले लाइसेन्स माग्दा दिउँदिउँ लाग्यो

हाँस्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ट्राफिक कारबाहीमा परेका छन्। उनी ललितपुरको ग्वार्को चोकमा सिट बेल्ट नबाधेको भन्दै ट्राफिक कारबाहीमा परे।
 |  बुधबार, माघ ८, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

vianetvianet

काठमाडौं- सिट बेल्ट नबाँधेको भन्दै ललितपुरको ग्वार्को चोकमा हास्यकलाकार केदार घिमिरे (माग्ने बूढा) ट्राफिक कारबाहीमा परे। बुधबार बिहान कारबाहीमा परेपछि उनी केही समयपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगे।

उनी त्यहाँ पुग्नु्को कारण ट्रफिक प्रहरीलाई धन्यवाद दिन रहेछ। घिमिरेले आफूलाई सिट बेल्ट नलाएका कारण चिट काट्ने ट्राफिक प्रहरी जवानको मिठो बोलीले प्रभावित भएको र त्यसकै लागि धन्यवाद दिन महाशाखा पुगेको बताए। उनले महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाललाई ट्राफिकको मिठो व्यवहारका कारण धन्यवाद दिँदै आफूलाई लाइसेन्स र ब्लु बुक दिउँदिउँ लागेको बताए। ‘मैले सिट बेल्ट लगाउन बिर्सिएको रहेछु’, घिमिरेले भने, ‘ट्राफिक भाइले कारबाही गर्छु है भनेर मिठोसँग भन्नुभयो। लाइसेन्स र ब्लु बुक दिउँदिउँ लाग्यो।’

उनले आफूलाई कारबाही गर्ने ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई भेटेर धन्यवाद दिए। महाशाखा प्रमुख ढकालसँग उनले जवानलाई फेरि भेट्ने इच्छा व्यक्त गरेपछि चौधरी महाशाखा पुगेका थिए।

घिमिरेले यातायात व्यवस्था ऐनको प्रावधानअनुसार ५ सय रुपैयाँ जरिवाना तिरेका छन् भने ट्राफिक सचेतना कक्षा पनि लिएका छन्।

प्रकाशित: Jan 22, 2020| 17:44 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्