बुधबार, असार ३१, २०८३

‘ए’ डिभिजन लिगमा मछिन्द्रको संघर्षपूर्ण जित

समान १६ अंक भएको आर्मी शीर्षस्थानमा छ। आर्मी गोल अन्तरका आधारमा शीर्षस्थानमा रहेको हो।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बुधबार) भएको खेलमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको मछिन्द्र क्लबले संघर्षपूर्ण जित निकालेको छ। उसले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० को गोल अन्तरले हराएको हो।

दुवै टिमले स्कोर गर्न नसकेपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। प्रतिस्पर्धात्मक खेलको ५३ औं मिनेटमा मछिन्द्रका खेलाडी रन्जित धिमालले फ्री किक मार्फत गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए। उनले पोलको दायाँ कोणमा गरेको प्रहार गोलमा परिणत भएको थियो।

यो जितसँगै मछिन्द्रले १६ अंक बनाएको छ। उसले पाँच खेलमा जित, एक खेलमा हार र दुई बराबरी खेल्दै १६ अंक बनाएको हो।

समान १६ अंक भएको आर्मी शीर्षस्थानमा छ। आर्मी गोल अन्तरका आधारमा शीर्षस्थानमा रहेको हो।

उत्कृष्ट खेल प्रदर्शन गर्दै मछिन्द्रका रन्जित धिमाल म्यान अफ द म्याच भएका छन।

खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले सोचेअनुसारको खेल नभए पनि आफू खुसी भएको बताए। ‘सिजनका सबै खेल कठिन छन्। सबै टिम दावेदार छन्। पुलिस पनि सेट नै छ तर पनि हामी स्ट्रङ भएकाले अलि धेरै गोलले जित्नुपर्ने थियो। खेलाडीहरु हतारिएर खेले। सामान्य पास पनि बिगारेका छन्,’ उनले भने।

पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले राम्रो खेलेको भए पनि गोल खान पुगेको प्रतिक्रिया दिए । ‘डिफेन्स राम्रो बनाएका थियौं। गोलकिपरको गल्तीले गोल खायौं। लामो दूरीबाट आएको बल थियो, किपरले हेर्नुपर्थ्यो,’ उनले भने।

प्रकाशित: Jan 22, 2020| 17:43 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।