सोमबार, चैत ९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बेलायतसँग २०४ वर्षको दौत्य सम्बन्धः पहिलोपल्ट फुटबल खेल्दै नेपाल

बेलायतसँग २०४ वर्षको दौत्य सम्बन्धः पहिलोपल्ट फुटबल खेल्दै नेपाल

होम एन्ड अवे गरेर खेलाइने खेलको पहिलो प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टोली मेमा बेलायत जानेछ। त्यस्तै बेलायतको सी टिम नेपालसँग खेल्न सन् २०२१ मा नेपाल आउनेछ।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं– नेपाली फुटबल टिमले बेलायतको ‘सी’ डिभिजन खेल्ने टिमसँग खेल्न पाउने भएको छ। आगामी मे २५ मा नेपाली राष्ट्रिय टोली र बेलायती सी टोलीले मैत्रीपूर्ण फुटबल खेल्ने निश्चित भएको हो।

National life

होम एन्ड अवे गरेर खेलाइने खेलको पहिलो प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टोली मेमा बेलायत जानेछ। त्यस्तै बेलायतको सी टिम नेपालसँग खेल्न सन् २०२१ मा नेपाल आउनेछ।

अखिल नेपाल फुटबल संघ (एन्फा)मा बुधबार आयोजित एक कार्यक्रममा बेलायतका लरेन्स जोन र एन्ड्रिउ शले नेपाल–बेलायत सी टिमका खेल हुने घोषणा गरे। लरेन्स जोन नेसनल लिग सिस्टमका हेड र सेमी प्रोफेसनल फुटबल लिगका अध्यक्ष हुन् भने एन्ड्रिउ श फुटबल एसोसिएसन काउन्सिलका सदस्य हुन्।

उनीहरु गत सोमबार नेपाली टोली र बेलायती टोलीको खेल सम्झौता गर्न नेपाल आएका थिए। सम्झौतामा एन्फाका तर्फबाट अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरे।

नेपालले बेलायती टिमसँग खेल खेल्न लागेको यो पहिलो पटक भएको एन्फा अध्यक्ष कर्माले बताए। ‘इतिहासमै यस्तो खेल कहिल्यै भएको थिएन। २० औं शताब्दीको अन्त्यमा नेपालले युरोपमा भने एक खेलेको थियो। त्यो खेल नेपालले जर्मनसँग खेलेको थियो। नेपालले सन् १९७९ मा जर्मनीसँग खेलेपछि नेपाली टोली युरोप गएर त्यहाँको टोलीसँग फुटबल खेलेको छैन,’ उनले थपे।

Laxmi sunrise bank
kumari

बेलायतको फुटबल टोलीसँग खेल्न पाउनु नेपालका लागि राम्रो अवसर भएको भन्दै उनले यसले नेपालको फुटबलमा विकासमा सहयोग पुग्ने बताए। उनले थपे, ‘नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको २०४ वर्ष पुगेकोे अवसरमा हो सम्झौता गर्न पाउँदा हामीलाई हौसला मिलेको छ।’

लरेन्सले पनि सी टिमको आवश्यकता भनेको इंग्लिस फुटबलमा नयाँ खेलाडीलाई प्राथमिकता दिने रहेको बताए। उनले भने, ‘खेलाडी विकासमा इंग्ल्याण्ड सी टिमको विशेष योगदान छ। हामीलाई लाग्छ, यो खेल निकै राम्रो हुनेछ। इंग्ल्याण्डमा बस्ने दुई लाख नेपाली पनि यो खेल हेर्न उत्साहित छन् भन्ने हामीलाई लागेको छ। यो सम्झौताले एफए र एन्फाको सम्बन्धलाई अर्झै प्रगाढ बनाउनेछ।’

कस्तो टिम हो बेलायत सी ?

‘इंग्ल्याण्ड सी’ त्यहाँको नेसनल लिग खेल्ने क्लबका खेलाडीहरुको टिम हो। यो टिममा प्रिमियर लिग खेलिसकेका खेलाडीहरु पनि हुने एन्ड्रिउ बताउँछन्।

उनले भने, ‘यो इंग्ल्याण्डको पाँचौ लिग खेल्ने खेलाडीहरुको टोली हो। यसमा जेम्स फाडी लगायतका खेलाडीहरु रहेका छन्।’ तर, नेपालसँग खेल्ने खेलाडीहरुको टिम भने तयार भइनसकेको उनले बताए।

नेसनल लिग इंग्ल्याण्डको पाँचौं लिग हो। योभन्दा माथि इंग्ल्याण्ड लिग फुटबलमा चार तह हुन्छन्। ती हुन्– प्रिमियर लिग, इएफएल च्याम्पियनसिप, इएफएल लिग वान र इएफएल लिग टु।

इंग्ल्याण्डमा १४० भन्दा धेरै लिगहरु छन्, जसमा ४८० डिभिजन पर्छन्। एक लिगमा एकभन्दा धेरै डिभिजन हुने भएकाले यस्तो भएको हो। बेलायतका शीर्ष २० लिगहरु एक आपसमा सम्बन्धित छन्। जसमा रेलिगेशन र प्रोमोसनका आधारमा क्लबहरु तलमाथि हुने गर्छन्।

नेपालीसँग खेल्ने खेलाडीहरु भएको नेसनल लिगमा २ टिम प्रोमोसन हुन्छ भने ४ टिम रेलिगेशनमा पर्ने गर्छन्।

नेपालले र बेलायत सीसँगको खेल एल्डरसुटसँग रिक्रिएसन ग्राउन्डमा खेल्नेछ। सात हजार एक सय दर्शक क्षमताको सो ग्राउन्ड एल्डसुटको होमग्राउन्ड हो। यो ग्राउण्ड एम्स्पायरको हाइस्ट्रिट एल्डरसुटमा छ।

प्रकाशित: Jan 22, 2020| 17:23 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।