बुधबार, भदौ ३, २०८३

हिमपहिरोका बेपत्ताको खोजीमा सेना खटियो

गत माघ ३ गते कास्कीको अन्नपूर्ण आधारशिविरमा आएको हिमपहिरोमा कारण बेपत्ता भएकाहरुको खोजी नेपाली सेनाले थालेको छ। हिमपहिरोमा परी तीन नेपाली र चार कोरियाली नागरिकसहित ७ जना बेपत्ता भएका थिए।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं- यही माघ ३ गते कास्कीको अन्नपूर्ण आधार शिविरमा आएको हिमपहिरोमा बेपत्ता भएकाहरुको खोजी नेपाली सेनाले थालेको छ। हिमपहिरोमा परी तीन नेपाली र चार कोरियाली नागरिकसहित ७ जना बेपत्ता भएका छन्।

बेपत्ताहरुको खोजी कार्य जारी रहे पनि हालसम्म उनीहरु फेला पर्न सकेका छैनन्। लगातार परेको हिउँ र चिसोका कारण उद्धारमा समस्या हुँदै आएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। बेपत्ताको खोजीका लागि यसअघि हेलिकप्टरसमेत प्रयोग गरिएको थियो। सेनासहित नेपाल प्रहरी, पथप्रदर्शक (गाइड) को टोलीसमेत खोजी कार्यमा सहभागी भएको छ।

नेपाली पथप्रदर्शक सरोज परियार, सहयोगी मीनबहादुर लामा (तामाङ) र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोन अझै फेला पर्न सकेका छैनन्। हिमपहिरोमा परेका केहीको भने हेलिकप्टरमार्फत् उद्धार गरिएको थियो।

प्रकाशित: Jan 22, 2020| 15:24 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।