बुधबार, असार ३१, २०८३

आजबाट आठौं चरणका खेल सुरु, मछिन्द्र र पुलिस भिड्दै

शहीद स्मारक ए डिभिजन लिगमा आजबाट आठौं चरणका खेलहरु सुरु हुँदैछन्। आज हुने
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा आजबाट आठौं चरणका खेलहरु सुरु हुँदैछन्।

आज हुने आठौं चरणको पहिलो खेलमा हेविबेट मछिन्द्र र विभागिय टोली नेपाल पुलिस क्लब भिड्दै छन्। खेल दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

लिग दावेदार समेत रहेको मछेन्द्र १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। दोस्रो स्थानको मछिन्द्र आजको खेलमा जित निकाल्दै शीर्षस्थानको आर्मीसँग अंक बराबरी गर्ने दाउमा हुनेछ। मछिन्द्र क्लबको १३ अंक छ भने शीर्षस्थानमा रहेको आर्मीको १६ अंक छ।

चोटका कारण खेल्ने सम्भावना कम भएका कप्तान विराज भन्छन ‘हाम्रो लक्ष्य जित्ने नै हो। हामी स्पष्ट ३ अंकका लागि खेल्छौ। यद्यपि चोटका कारण उनको खेल्ने सम्भावना भने न्यून छ। तर, उनको स्थानमा खेल्ने अरु खेलाडी भएकाले यसले खासै फरक नपर्ने उनले बताए।

अर्कोतर्फ नेपाल पुलिस क्लब ११ अंकसहित तालिकाको छैटौं स्थानमा छ। आजको खेलमा जित निकालेको खण्डमा पुलिस तालिकाको दोस्रो स्थानमा उक्लिन सक्छ।

पुलिसले जारी सिजन ७ खेल खेल्दै ३ जित, ३ हार र २ बराबरी खेल्दै ११ अंक जोडेको हो।

प्रकाशित: Jan 22, 2020| 07:59 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।