बुधबार, असार ३१, २०८३

म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले जीत हात पारेको छ ।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

एजेन्सी- इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले जीत हात पारेको छ । साविक विजेता सिटीले सेफिल्ड युनाइटेडमाथि संघर्षपूर्ण जित निकालेको हो।

सिटीले अग्युरोको गोलमा घरेलु टोली सेफिल्डमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो। निकै प्रतिस्पर्धात्मक खेलको ३६ औं मिनेटमा सिटीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्न नसकेपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

ग्राबियल जिससको प्रहार सेफिल्डका गोलकिपर डिन हेन्डरसनले बचाएका थिए।

दोस्रो हाफमा भने सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा उनको गोल निर्णायक बनेको थियो।

जितसँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानको लिभरपुलसँग अंकदुरी केही घटाएको छ। जारी सिजन अपराजित लिभरपुल तालिकामा ६४ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक छ।

प्रकाशित: Jan 22, 2020| 08:09 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।