बुधबार, असार ३१, २०८३

रेड कार्डपछि चेल्सी र आर्सनल बराबरीमा रोकिए

इंग्लिस प्रिमिर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा चेस्सी र आर्सनलले बराबरी खेलेका छन्।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

एजेन्सी- इंग्लिस प्रिमिर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा चेस्सी र आर्सनलले बराबरी खेलेका छन्।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा उसले पाहुना टोलीसँग २–२ को बराबरी खेलेको हो। खेलको २६ औं मिनेटमा आर्सनलका डिफेन्डर डेबिड लुइस रेड कार्ड खाँदै बाहिरिएका थिए।

उनले चेल्सीका अब्रहमलाइए डि बक्स छेउमै लडाएका थिए। त्यसलगत्तै पेनाल्टी पाएको घरेलु टोलीले गोल गर्न चुकेन। उसका लागि जोर्गिन्होले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे।

अन्य गोल नभएपछि १–० को नतिजामा पहिलो हाफ सकियो। खेलको ६३ औं मिनेटमा आर्सनलका मार्टिनेलीले गोल गर्दै नतिजालाई बराबरीमा ल्याए।

दोस्रो गोल गर्दै एज्पिलिकोटा तान्कोले चेल्सीलाई पुन अग्रता दिलाए। उनले ८४ औं मिनेटमा आर्सनलविरुद्ध गोल गरेका थिए।

तर, ८७ औं मिनेटमा बेलेरिनले दोस्रो गोल गरेपछि आर्सनलले चेल्सीसँग २–२ को समान स्कोर बनाएको थियो। बेलेरिनले टोरिराको पासलाई गोलमा परिणत गरेका थिए।

यो खेलसँगै चेल्सी ४० अंकका साथ चौथो स्थानमा छ भने ३० अंकका साथ आर्सनल दशौं स्थानमा छ।

यस्तै एभर्टन र न्युकास्टलले पनि २–२ गोलको बराबरी खेलेका छन्। एभर्टनको घरेलु मैदानमा सम्पन्न खेलमा बराबरीको नतिजा निस्किएको हो।

यो बराबरीसँगै एभर्टन तालिकाको १२ औं र न्युकास्टल १३ औं स्थानमा छ। उनीहरुको समान ३० अंक रहेको छ।

प्रकाशित: Jan 22, 2020| 07:50 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।