बुधबार, असार ३१, २०८३

दीपक मनाङेले कास्कीका एन्फा अध्यक्षलाई कुटे

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका जिल्ला अध्यक्ष मिलन गुरुङमाथि गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले कुटपिट गरेका छन्।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

कास्की- अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका जिल्ला अध्यक्ष मिलन गुरुङमाथि गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले कुटपिट गरेका छन्।

प्रथम मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममा पूर्व गुण्डा नाईकेसमेत रहेका दीपक मनाङेले अध्यक्ष गुरुङमाथि कुटपिट गरेका हुन्।

मनाङको प्रतिनिधित्व गर्दै टिम लिएर पोखरा महानगरपालिका–२९ स्थित लेखनाथ भण्डारढिक खेल मैदान पुगेका मनाङले खेलाडीलाई बस्ने होटेलको व्यवस्था नगरेको भन्दै कुटेको अध्यक्ष गुरुङले बताएका छन्।

अध्यक्ष गुरुङले भने, ‘दीपक मनाङेले फूटबलको एफ पनि जाँदैनन्। सभासद् हो दाई भनेर रेस्पेक्ट गरेकै थिएँ। भोलि मनाङको गेम छ। डे एफ्टर बिफोर भन्ने हुन्छ नि। ५–६ दिनअघि होटल मिलाइदिनुपर्यो रे।’

उनले मनाङेसँग सल्लाह नगरेको भन्दै आफूमाथि कुटपिट गरिएको पनि आरोप लगाए।

उनले भने, ‘मेरो खल्तीको पैसा भनेर त्यो त हामी गेम भन्दा बहिर जान सकिएन नि। अब केस हाल्दै छु। एन्फाले विज्ञप्ति निकाल्दैछ रे। प्रदेश समितिले विज्ञप्ति निकाल्छ।’

प्रकाशित: Jan 21, 2020| 20:28 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।