मंगलबार, चैत १०, २०८२

एम्बाप्पे भन्छन्, ‘लिभरपुर इज मेसिन’

विश्वकप विजेता केलियन एम्वाप्पेले क्लब विश्वकप विजेता टोली लिभरपुललाई मेसिनको उपमा दिएका छन्।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

पेरिस- विश्वकप विजेता केलियन एम्वाप्पेले क्लब विश्वकप विजेता टोली लिभरपुललाई मेसिनको उपमा दिएका छन्।

National life

लिभरपुलले प्रिमियर लिगको जारी सिजनमा एक खेलमा पनि हारको सामना नगरेकाले उनले यस्तो उपमा दिएका हुन्।

लिभरपुलले एक बराबरी गर्दै लिगमा २१ खेल जितेको छ।

२१ वर्षे फ्रान्सेली फरवार्डले बिबिसीसँग कुरा गर्दै भने, ‘लिभरपुलले अहिले अविश्वसनीय खेल खेलिरहेको छ। लिभरपुुल मेसिन जस्तै भएको भान हुन्छ।’

उनले थपे, ‘उनीहरु खेलको यस्तो लयमा प्रवेश गरेका छन् जसले क्लबका खेलाडीलाई खेलिरहन मद्दत गरेको छ।’

Laxmi sunrise bank
kumari

‘उनीहरुले कुनै खेल हारेका छैनन्। जब हामी लिभरपुलको खेल हेर्छौँ, लाग्छ सबैकुरा सजिलो छ। तर सोचेजति सजिलो भने केही पनि हुन्न। उनीहरु लक्ष्यमा केन्द्रित छन्, प्रत्येक ३ दिनमा खेल्छन् र जित्छन्, फेरि पनि खेल्छन् र जित्छन्।’

‘खासमा समस्या के छ भने, सबैले लिभरपुलको खेल हेर्छन् र हामीले उनीहरुको विरुद्धमा के गर्न सक्र्छौँ भनेर पनि हेरिरहेका हुन्छन्। त्यसैले, अब उनीहरु अझै धेरै शक्तिशाली हुनु पर्छ’, फुटबल फरवार्ड दर्शकको मनस्थिती बुझाउँदै भन्छन्, ‘लिभरपुल राम्रा प्रशिक्षक भएको उत्कृट टिम हो।’

‘म्याड्रिड जाने कुरा पिएसजीका लागि घातक’

एम्बाप्पेको ध्यान त्यही सालबाट प्रिमियर लिगमा तानिन थाल्यो जब मोनाकोले म्यान्चेस्टर सिटीलाई दुई गोलले हराउँदै च्याम्पियन्स लिगबाट बाहिर पठायो। त्यही सिजन उनी पनि पिएसजीसँग जोडिए, सन् २०१६–१७ को समरमा।

सुरुमा एक वर्षको मात्र अनुबन्ध त्यसमाथि पनि लोनमा पिएसजी छिरेका फरवार्ड विश्वकप जितेसँगै विश्वकै स्टार बने।

यो सिजन उनी युरोपियन च्याम्पियन्स लिग जित्ने दाउमा छन्।

तर, एम्बाप्पे र पिएसजीलाई एउटै कुराले टाउको दुख्छ। त्यो हो एम्बाप्पे स्पेनिस लिग खेल्न जाने कुरा। उनलाई केही समययता रियल म्याड्रिडसँग जोडेर हेर्न थालिएको छ।

‘धेरैले यसबारे कुरा गरिरहेका छन् – जब म युवा नै थिए मैले पनि यसबारे बोलेको थिएँ, ‘ उनी बताउँछन, ‘तर अहिले म खेलमा ध्यान दिइरहेको छु, समय धेरै अगाडि बढिसकेको छ।’

‘हामी जनवरीमा छौँ, यो पैसाको सिजन हो। आफैं सोच्नुहोस् त यदि मैले यसबारे केही भनेँ सबैले यसबारे कुरा काट्न थाल्छन् जुन पिएसजीका लागि राम्रो होइन,’ उनले भने।

उनी थप्छन्, ‘अहिले म पिएसजीसँग छु र म सय प्रतिशत नै यो क्लबको हुँ। त्यसैले म हाल क्लबलाई धेरै उपाधि जिताउने विषयमा लागि परेका छु।’

‘म क्लबको बारेमा सोच्छु, किनकी क्लबले मलाई सहयोग गरेको छ। म यहाँ १८ वर्षको हुँदा आएँ। म त्यतिबेला प्रतिभावान त थिएँ। तर, सुपरस्टार थिइँन। म पिएसजी र फ्रान्स राष्ट्रिय टोलीलाई धन्यवाद दिन चाहान्छु।’

‘मलाई लाग्छ म यहीँ रहनु पर्छ र खेलमा फोकस गर्नु पर्छ। यो सिजनको अन्त्यमा हेरौंला के हुन्छ!’

सन् २०२० मा ट्रिपल उपाधिको आशा

‘लिग वान’ का विजेता बनेसँगै एम्वाप्प अन्य ३ उपाधि जित्न चाहान्छन्। उनी आफूलाई च्याम्पियनस लिग, यूरो कप २०२० को साथै ओलम्पिक खेलमा पनि जितको दाबेदार ठान्छन्।

२०२० का लागि के–के इच्छा छन् भन्ने प्रश्नमा उनी भन्छन्, ‘तीन उपाधि ः च्याम्पियनस लिग, यूरोकप र ओलम्पिक खेलको उपाधिलाई लक्ष्य बनाउनु सायदै नराम्रो होला।’

‘यो अहिल्यै पुरा नहोला तर जीवनमा पुरा गर्ने लक्ष्य छ’, एम्बाप्पे आशावादी बन्छन्।

प्रकाशित: Jan 21, 2020| 15:22 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।