मंगलबार, चैत १०, २०८२

‘ए’ डिभिजन लिग : यस्तो रह्यो सातौं चरण

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सातौं चरणका खेल सम्पन्न भएका छन्।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सातौं चरणका खेल सम्पन्न भएका छन्। 

National life

आर्मी शीर्ष स्थानमा कायमै

सातौं चरण सकिँदा त्रिभुवन आर्मी क्लब अंकतालिकाको शीर्ष स्थानमा यथावत नै छ। आर्मीको १६ अंक छ।

अंकतालिकाको समान १३ अंकसहित मछिन्द्र र मनाङ मर्स्याङ्दी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

यसअघि छैटौं चरण सकिँदा त्रिभुवन आर्मी १३ अंकसहित शीर्ष स्थानमा थियो। समान अंक बटुलेको मछिन्द्र दोस्रो र १२ अंकसहित मनाङ मस्र्याङ्दी तेस्रो स्थानमा थिए।

Laxmi sunrise bank
kumari

सातौं चरणमा त्रिभुवन आर्मीले खेल जित्दा मनाङ बराबरीमा रोकियो भने मछिन्द्रले हार व्यहोर्याे। आर्मीले च्यासलविरुद्ध ३–०को जित निकालेको थियो।

आर्मीका प्रशिक्षक नवीन न्यौपाने मनाङ र मछिन्द्रले जित निकाल्न नसक्दा फाइदा पुगेको बताउँछन्।

मछिन्द्रको अपराजित यात्रामा पूर्णविराम

सातौं चरणमा पहिलो खेलमै मछिन्द्रको अपराजित यात्रामा पूर्णविराम लागेको छ। मछिन्द्र हिमालयन शेर्पासँग २–०ले पराजित भयो।

यसअघि मछिन्द्र छैटौं चरणसम्म अपराजित थियो। उसले ४ खेलमा जित र २ मा बराबरी खेलेको थियो।

आशिष सर्वाधिक गोलकर्ताको अग्रस्थानमा

जारी सिजनको सर्वाधिक गोलकर्ताका रूपमा एपीएफका आशिष तामाङ शीर्ष स्थानमा पुगेका छन्।

गत आइतबार एनआरटीविरुद्ध दुई गोल गरेपछि उनले च्यासल युथ क्लबका सन्तोष साहुखलालाई पछि पार्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा पुगेका हुन्। जारी सिजनमा उनको गोलसंख्या ५ पुगेको छ।

जारी सिजनमा सन्तोषको गोलसंख्या आशिषसँग समान भए पनि उनी पेनाल्टी गोलका आधारमा दोस्रो स्थानमा झरेका हुन्।

मनाङलाई आयल निगमको साथ

लिगको छैटौं चरणसम्म प्रायोजक नपाएको मनाङ मर्स्याङ्दीले नेपाल आयल निगमको साथ पाएको छ। निगमले मनाङलाई प्रायोजकका रूपमा ३५ लाख रूपैयाँ दिनेछ।

गत सोमबार निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र मनाङका अध्यक्ष छिमी उर्गेनले सम्झौतामा हस्ताक्षर गरे। 

यद्यपि, मनाङले शनिबारको खेलमा आयल निगमको चिह्नअंकित जर्सी प्रयोग गरेको थियो।

वर्षाले सारियो खेलमैदान

सातौं चरणमा वर्षाका कारण खेलमैदान सारिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भनिएका खेल सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सञ्चालन भएका थिए।

वर्षाका कारण खेल्न पनि समस्या भएको खेलाडीले बताएका छन्। खेल सकिएपछि मनाङका फरवार्ड अन्जनले विष्टले वर्षाले मैदान चिप्लो भएकाले खेल्न सकस भएको सुनाए। उनले भने, “मैदान चिप्लो भएकाले सबै खेलाडी चिप्लिरहेका थिए। मलाई पनि अप्ठेरो महसुस भएको थियो।”

प्रकाशित: Jan 21, 2020| 13:22 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।