आइतबार, चैत १, २०८२

चीनका शहरहरुमा नयाँ भाइरसबाट संक्रमितको संख्या बढ्यो

चीनको वुहानमा फेला परेको नयाँ भाइरसको संक्रमण बेइजिङ, सेन्जेन, क्वाङडोङ लगायतका स्थानमा पनि फैलिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

चीनको वुहानमा फेला परेको नयाँ भाइरसको संक्रमण बेइजिङ, सेन्जेन, क्वाङडोङ लगायतका स्थानमा पनि फैलिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्।

National life

यो भाइरसबाट २२५ भन्दा बढी मानिसहरु संक्रमित भएको चाइना डेलीले उल्लेख गरेको छ। तीमध्ये १३९ मामिला पछिल्लो दुई दिनभित्रका हुन्।
दक्षिण कोरिया, जापान र थाइल्याण्डमा समेत यो भाइरसको संक्रमण देखिएको छ।

न्यूमोनियाको जस्तो लक्षण देखाउने यो एक प्रकारको कोरोनाभाइरस संक्रमणका कारण अहिलेसम्म तीनजनाको मृत्यु भइसकेको र १३ जनाको अवस्था गम्भीर रहेको चिनियाँ अधिकारीहरुले जनाएका छन्। यसको  संक्रमण एक महिनाअघि वुहान शहरमा देखिएको थियो ।

अहिलेसम्म करिब २२५ जनामा संक्रमण देखिएको अधिकारीहरुले बताए पनि संक्रमितहरुको संख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य निकायले उक्त भाइरसलाई अझै पनि रोकथाम र नियन्त्रण गर्न सकिने अवस्थामा रहेको जनाएको छ। यद्यपि, भाइरसको स्रोत, फैलने प्रक्रिया र डीएनएमा देखिएका परिवर्तन विधि अझै अस्पष्ट रहेको बताइएको छ।

Laxmi sunrise bank
kumari

विश्व स्वास्थ्य संगठनले उक्त भाइरस जनावरबाट मानिसमा सरेको हुनसक्ने उल्लेख गरेको छ।

कोरोनाभाइरसको जोखिम कम गर्न असुरक्षित जनावरको नजिक नजान, मासु र अण्डालाई पूरै पकाएर मात्र खान र रुघाखोकी लागेका विरामी नजिक नबस्न सुझाव दिइएको छ।

यो नयाँ भाइरसको जेनेटिक कोड विश्लेषणबाट यो ‘सार्स’ सँग नजिक देखिएको छ।

सार्सका कारण चीनमा सन् २००२ मा ८,०९८ जना संक्रमित भएका थिए भने ७३४ जनाको मृत्यु भएको थियो।

नेपालमा सावधानी जरुरी

पछिल्लो समय नेपाल–चीन आउजाउ गतिविधि बढिरहेका बेला नेपालमा पनि सजगता अपनाउन जरुरी रहेको चिकित्सकहरुले बताएका छन्।
चिनियाँ नयाँ वर्ष मनाउनका लागि आगामी हप्ताहरुमा मानिसहरुको ओहोरदोहोर झनै बढ्ने भएकोले यो भाइरस थप फैलनसक्ने अनुमान गरिएको छ।

जन–स्वास्थ्य विज्ञहरु नेपालमा अहिले नै आत्तिनु पर्ने अवस्था नभए पनि यसलाई निगरानीमा राखेर सावधानी अपनाउनु पर्ने बताउँछन्।

प्रकाशित: Jan 21, 2020| 09:50 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।