बुधबार, असार ३१, २०८३

‘ए’ डिभिजन लिगमा सातौं चरण सकियो, यस्तो छ अंकतालिका

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सातौं चरणका खेल सम्पन्न भएका छन्।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सातौं चरणका खेल सम्पन्न भएका छन्।

यस्तो छ अंकतालिका

सातौं चरण सकिँदा अंकतालिकामा त्रिभुवन आर्मी क्लब १६ अंकसहित शीर्ष स्थानमा कायमै छ। आर्मीले ५ जित, १ हार र १ बराबरी खेलेको छ।
अंकतालिकामा मछिन्द्र दोस्रो, मनाङ मस्र्याङ्दी तेस्रो, न्युरोड टिम (एनआरटी) चौथो, थ्री स्थार पाँचौं, नेपाल पुलिस छैटौं, संकटा सातौं, जाउलाखेल युथ आठौं, ब्रिगेड ब्वाइज नवौं र फ्रेन्ड्स क्लब दसौं स्थानमा छन्।

मछिन्द्र र मनाङ मस्र्याङ्दीको समान १३ अंक रहँदा एनआरटी, थ्री स्टार र नेपाल पुलिसको ११–११ अंक छ। यस्तै संकटा तथा जाउलाखेलको समान ९ अंक बटुलेका छन् भने बिग्रेड ब्वाइज र फ्रेन्ड्सको ८–८ अंक छ।

अंकतालिकामा हिमालयन शेर्पा एघारौं, च्यासल युथ बाह्रौं, एपीएफ तेह्रौं र सरस्वती युथ क्लब चौधौं (पुछार) स्थानमा छन्। हिमालयन शेर्पाले ७ अंक बटुल्दा च्यासलले ६, एपीएफले ५ र सरस्वतीले १ अंक मात्रै हासिल गर्न सकेको छ।

लिगअन्तर्गत बुधबारदेखि आठौं चरणका खेल सञ्चालन हुँदैछन्।

प्रकाशित: Jan 21, 2020| 07:36 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।