मंगलबार, चैत १०, २०८२

सानदार जितसँगै आर्मीलाई ३ अंकको अग्रता

शहीद स्मारह ए डिभिजन लिग फुटबल अन्र्तगत आज भएको दोस्रो खेलमा विभागीय टोली नेपाल आर्मीले च्यासल युथ क्लबलाई हराएको छ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं- शहीद स्मारह ए डिभिजन लिग फुटबल अन्र्तगत आज भएको दोस्रो खेलमा विभागीय टोली नेपाल आर्मीले च्यासल युथ क्लबलाई हराएको छ।

National life

सातौँ चरणको अन्तिम खेलमा आर्मीले ३-० गालको जित निकाल्दै लिगको अंक तालिकामा ३ अंकको अग्रता बनाएको हो।

खेलको दोस्रो र सातौँ मिनेटमा च्यासलका फरवार्ड सन्तोषको प्रहार आर्मीका किपर विकास कुथुले सजिलै नियन्त्रणमा लिएका थिए। त्यसपछिका प्रहारले पनि गोलको रुप लिन सकेनन्।

खेलको २६ औं मिनेटमा आर्मीका बिकास तामाङले पहेँलो कार्ड पाए। उनले च्यासलमा फरवार्ड सन्तोषलाई धकेलेका कारण पहेँलो कार्ड पाए।

पहिलो १० मिनेटबाटै निरन्तर प्रयास गरेको आर्मीले पनि पहिलो हाफमा गोल गर्न नसक्दा गोलरहित बराबरीमा आधा खेल सकिएको थियो।

Laxmi sunrise bank
kumari

खेलको ५८ मिनेटमा आर्मीका कप्तान भरत खवासले गोल गरेर आर्मीलाई सुरुवाती अग्रता दिलाए। उनले पोसको दायाँ कुनामा प्रहार गरेका थिए।

त्यस्तै ७३ औं मिनेटमा शेशेहाङले दिएको पासलाई नवयुग श्रेष्ठले गोलमा परिणत गरेपछि आर्मीले दुई गोलको अग्रता बनाएको थियो।

८४ औं मिनेटमा आर्मीका सन्तोष तामाङले निर्णायक गोल गरेका थिए।

यो जितसँगै आर्मीले १६ अंक बनाएको छ। सात खेलमा पाँच खेलमा जित, एक हार र एक बराबरी खेल्दै उसले १६ अंक बनाएको हो।

च्यासल युथ क्लबले अंक जोड्न नसक्दा तालिको १२ औं स्थानमै सिमित हुनु परेको छ।

प्रकाशित: Jan 20, 2020| 16:56 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।