बुधबार, असार ३१, २०८३

पुलिस र भरतपुरको पहिलो जित

पाँचौं आरबीबी-एनभीए राष्ट्रिय महिला-पुरुष क्लब च्याम्पियनसिपमा महिलातर्फको खेलमा सोमबार पुलिस क्लब र भरतपुर विजयी भएका छन्। महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको हो।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं - पाँचौं आरबीबी-एनभीए राष्ट्रिय महिला-पुरुष क्लब च्याम्पियनसिपमा महिलातर्फको खेलमा सोमबार पुलिस क्लब र भरतपुर विजयी भएका छन्। महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको हो।

पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई ३-० को सोझो सेटमा हरायो। ढोरपाटन २५-५, २५-१५ र २५-८ को सेटमा पराजित भयो। जितसँगै पुलिसले ३ अंक प्राप्त गरेको छ। पहिलो खेलमा न्यु डाइमण्डसँग हारको सामना गरेको पुलिस क्लबले सोमबार पहिलो जित निकाल्दै सेमिफाइनलको यात्रा सम्भव बनाएको हो। समूह ‘ए’मा न्यू डाइमण्ड र पुलिसको समान ३/३ अंक छ।

सोमबारै भएको महिलातर्फको दोस्रो खेलमा भरतपुर मेट्रो क्लबले जावलाखेल प्रशिक्षण केन्द्रमाथि जित हात पारेको छ। समूह ‘ए’ को खेलमा भरतपुरले जावलाखेललाई ३-० को सोझो सेटमा हराएको हो।

भरतपुरले जावलाखेललाई २५-८, २५-९, र २५-१५ ले पराजित गर्‍यो। जितसँगै भरतपुरले ३ अंक जोडेको छ। पहिलो खेलमा भरतपुर आर्मीसँग ३-० को सोझो सेटमा पराजित भएको थियो।

प्रकाशित: Jan 20, 2020| 13:59 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।