मंगलबार, चैत १०, २०८२

अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखला भारतको कब्जामा

भारतले अस्ट्रेलियाविरुद्धको तीन खेलकाे एकदिवसीय क्रिकेट शृंखला जितेको छ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं– भारतले अस्ट्रेलियाविरुद्धको तीन खेलकाे एकदिवसीय क्रिकेट शृंखला जितेको छ।

National life

आइतबार राति सम्पन्न तेस्रो एकदिवसीय खेलमा अस्ट्रेलियालाई ७ विकेटले हराएपछि भारतले २–१ले शृंखला आफ्नो पक्षमा पारेको हो।

त्यसअघि शृंखलाकाे पहिलो खेलमा १० विकेटको लज्जास्पद हार व्यहोरेको भारतले दोस्रो खेलमा पुनरागमन गरेको थियो। उक्त खेल भारतले ३६ रनले जितेको थियो।

घरेलु मैदानमा सम्पन्न शृंखलाकाे तेस्रो खेलमा पनि भारतले सहजै जित निकाल्यो। २८७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको भारतले ४७.३ ओभरमा लक्ष्य पूरा गर्यो। भारतलाई तेस्रो खेलमा जित दिलाउन प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले शतकीय पारी खेले। प्लेअर अफ दि म्याच शर्माले ११९ रन जोडे। यस्तै, कप्तान विराट कोहलीले ८९ र श्रेयस ऐयरले ४४ रनको योगदान दिए।

प्रारम्भिक ब्याट्सम्यान शिखर धवनको स्थानमा ब्याटिङ गर्न आएका केएल राहुलले १९ रन जोडे।

Laxmi sunrise bank
kumari

अस्ट्रेलियाका एस्टोन अगार, एडम जाम्पा र जोश हेजलवुडले १–१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गर्न आएको अस्ट्रेलियाले ९ विकेट गुमाएर २८६ रन जोेडेको थियो।

अस्ट्रेलियालाई मध्यम स्कोरमा पुर्याउन स्टिभ स्मिथले शतकीय पारी खेलेका थिए। १३२ बल सामना गरेका उनले १३१ रन जोडे। यस्तै, मार्नस लाबुसानेले ५४ रनको योगदान दिए।

शृंखलाअन्तर्गतको पहिलो खेलमा शतकप्रहार गरेका आरोन फिन्च र डेभिड वार्नर सस्तैमा आउट भए। फिन्चले १९ रन बनाउँदा वार्नर ३ रनमा पेवेलियन फर्किए।

बलिङतर्फ भारतका मोहम्मद सामीले सर्वाधिक ४ विकेट लिए। यस्तै, रवीन्द्र जडेजाले २ तथा कुलदीप यादव र नवदीप शैनीले १–१ विकेट चट्काए।

भारतका कप्तान विराट कोहली प्लेअर अफ दि सिरिज घोषित भए।

एजेन्सी

प्रकाशित: Jan 20, 2020| 11:19 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।