बुधबार, असार ३१, २०८३

आर्मीलाई शीर्ष स्थानको अन्तर बढाउने अवसर

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुन लागेको दोस्रो खेलमा लिगको सर्वाधिक गोलकर्ता सन्तोष साहुखलाको टिम च्यासल युथले शीर्ष स्थानको त्रिभुवन आर्मीको सामना गर्दैछ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा १२ बजे सुरु हुने पहिलो खेलमा आठौं स्थानको संकटा र १० औं स्थानको ब्रिगेड ब्वाइज क्लब भिड्दै छन्।

दुवै टिम आजको खेलमा अंकतालिकामा सुधार गर्ने तवरले मैदानमा आमनेसामने हुने छन्।

जारी सिजनमा संकटाले २ जित र २ बराबरीका साथ ८ अंक बनाएको छ भने बिग्रेड ब्वाइजले २ खेलमा जित र १ बराबरी खेल्दै ७ अंक बनाएको छ।

यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुन लागेको दोस्रो खेलमा लिगको सर्वाधिक गोलकर्ता सन्तोष साहुखलाको टिम च्यासल युथले शीर्ष स्थानको त्रिभुवन आर्मीको सामना गर्दैछ। यस्तोमा आर्मीलाई शीर्ष स्थानको अन्तर बढाउने अवसर छ। 

जारी सिजनमा आर्मी १३ अंकसहित शीर्ष स्थानमा छ। उसको दोस्रो स्थानको मछिन्द्र र तेस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग समान अंक छ। 

त्यसकारण आर्मी जारी सिजनमा कमजोर च्यासलविरुद्ध जित निकाल्ने रणनीतिमा छ।

यता, च्यासल पनि आर्मीविरुद्ध जित निकालेर अंकतालिकामा माथि उक्लने रणनीतिमा छ। 

अंकतालिकामा १२ औं स्थानमा रहेकाे च्यासलकाे ६ अंक छ। च्यासलले १ जित, २ हार र ३ बराबरी खेलेकाे छ। 

प्रकाशित: Jan 20, 2020| 08:58 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।