बुधबार, असार ३१, २०८३

लिभरपुलको अपराजित यात्रा कायमै

इङलिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई हराएको छ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

इंग्ल्याण्ड– इङलिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई हराएको छ।

जारी सिजनमा आफ्नो अपराजित यात्रा कायम गर्ने क्रममा लिभरपुलले म्यानचेस्टर युनाटेडलाई २–० गोलअन्तरले हराएको हो।

लिभरपुलको जितमा भान डाइक र मोहम्मद सलाहले १–१ गोल गरे। डायकले खेलको १४ औं मिनेटमा र सलाहले इन्जुरी समयमा गोल गरे।
डायकले अलेक्जेन्जर आर्नोल्डको कर्नर प्रहारलाई हेडमार्फत गोल गरेका थिए।

जितसँगै शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दुरी १६ अंक पुर्याएको छ। लिभरपुलले ६४ अंक बटुल्दा म्यानचेस्टर सिटीको ४८ अंक छ।

जारी सिजनमा लिभरपुलले २२ खेलमध्ये २१ जित र १ बराबरी खेलेको छ।

यता, म्यान्चेस्टर युनाइटेड ९ जित, ७ हार र ७ बराबरी खेलेर ३४ अंकका साथ तालिकाको पाँचौ स्थानमा छ।

प्रकाशित: Jan 20, 2020| 08:28 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।