मंगलबार, चैत १०, २०८२

मेस्सीको गोलसँगै बार्सिलोना पुनः शीर्षमा

स्पेनिस लिग ला लिगामा साविक विजेता बार्सिलोनाले ग्रानाडामाथि जित निकालेको छ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

स्पेन– स्पेनिस लिग ला लिगामा साविक विजेता बार्सिलोनाले ग्रानाडामाथि जित निकालेको छ।

National life

आइतबार राति सम्पन्न खेलमा उसले ग्रानडामाथि १–० को जित निकाल्यो। अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले ७६ औं मिनेटमा गरेको गोल बार्सिलोनाका लागि निर्णायक बन्यो। त्यसअघि खेलको ६९ औं मिनेटमा साञ्जे बाराहोनाले रातो कार्ड पाएपछि ग्रानाडा १० खेलाडीमा सीमित भएको थियो।

जितसँगै बार्सिलोना ४३ अंकसहित पुनः शीर्ष स्थानमा उक्लिएको छ। यसअघि शीर्ष स्थानमा रहेको रियल म्याड्रिड भने एक स्थान तल स्थानमा झरेको छ। बार्सिलोनासँग समान अंक भए पनि रियल म्याड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा झरेको हो। बार्सिलोनाको गोल अन्तर २७ छ भने रियल म्याड्रिडको २५ छ।

ग्रानाडा भने २७ अंकका साथ १० औं स्थानमा छ।

प्रकाशित: Jan 20, 2020| 07:43 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।