मंगलबार, चैत १०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘ए’ डिभिजन लिगमा सरस्वतीको सातौं हार, रेलिगेसनबाट जोगियो फ्रेण्डस

‘ए’ डिभिजन लिगमा सरस्वतीको सातौं हार, रेलिगेसनबाट जोगियो फ्रेण्डस

सुरुवातमै लिड लिन नसकेपछि आक्रामक बनेको सरस्वतीका तर्फबाट भएका प्रहार गोलमा परिणत हुन सकेनन् । २३ औं मिनेटमा सरस्वतीका मनिष थापाले प्रहार गरेको गोल किपरले सजिलै नियन्त्रणमा लिएका थिए।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं। कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (आइतबार)को दोस्रो खेलमा सरस्वती युथ क्लबले हारको सामना गरेको छ। लिगमा एक खेल पनि नजितेको सरस्वती युथ क्लबले फ्रेण्डस क्लबसँग ४–१ को हार बेहोरेको हो ।

National life

एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सरस्वतीलाई हराउँदै फ्रेण्डस क्लब रेलिगेसन जोनबाट माथि उठेको छ। फ्रेण्डसका लागि पाँचौं मिनेटमा उत्तम राईले सुरुवाती गोल गरे । क्लबका विदेशी खेलाडी वेङ्गर डो कार्मोले दिएको पासलाई सिङ्गल टचमार्फत राईले गोलमा बदले ।

सुरुवातमै लिड लिन नसकेपछि आक्रामक बनेको सरस्वतीका तर्फबाट भएका प्रहार गोलमा परिणत हुन सकेनन् । २३ औं मिनेटमा सरस्वतीका मनिष थापाले प्रहार गरेको गोल किपरले सजिलै नियन्त्रणमा लिएका थिए।

यसको एक मिनेटपछि अर्थात् खेलको २४ औं मिनेटमै फ्रेण्डसले अग्रता दोब्बर बनाइहाल्यो । फिलिप डे सौजाले फ्रि किकमार्फत् गरेको प्रहार सौलो डे अग्विनोलाई छोएर गोल भएको थियो।

पहिलो हाफको अन्त्यमा पाएको कर्नरलाई राम्ररी उपयोग गर्न नपाउँदा सरस्वतीले आधा समयसम्म पनि गोल गर्न सकेन। पहिलो हाफमा फ्रेण्डले सरस्वतीलाई दुई गोलले पछि पारेको थियो।

Laxmi sunrise bank
kumari

दोस्रो हाफको ७० औं मिनेटमा फ्रेण्डसले पुनः गोल थप्दै ३–० को अग्रता लियो। उत्तम राईले दिएको पासलाई वेङ्गर डि कार्मोले गोल गरिदिएपछि फ्रेण्डसले ३ गोलको अग्रता बनायो।

खेलको ८० औं मिनेटमा सरस्वतीका काजेम एडेजोके बुसारीले सान्त्वना गोल गरेका थिए। खेलको ८६ औं मिनेटमा उत्तम राईले व्यक्तिगत दोस्रो गोल गर्दै जितलाई ४–१ मा पुर्याए।

जितसँगै फ्रेण्डस क्लब नवौं स्थानमा उक्लिएको छ। उसले दुई बराबरी र दुई जितबाट अंक तालिकामा सुधार गर्दै चार स्थान माथि आएको हो। यो जितले फ्रेण्डस क्लबलाई रेलिगेसन जोनबाट बचाएको छ।

उता सरस्वती युथ क्लब एक अंकका साथ तालिकाको पुछारमा रहेको छ।

प्रकाशित: Jan 19, 2020| 17:20 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।