बुधबार, असार ३१, २०८३

भलिबल क्लब च्याम्पियनसीप : एपिएफको लगातार दोस्रो जित

पाँचौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय पुरुष–महिला भलिबल क्लब च्याम्पियनसीपमा महिला क्लब अन्तर्गत आज (आईतबार) सम्पन्न खेलमा एपिएफले जित हात पारेको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं- पाँचौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय पुरुष–महिला भलिबल क्लब च्याम्पियनसीपमा महिला क्लब अन्तर्गत आज (आईतबार) सम्पन्न खेलमा एपिएफले जित हात पारेको छ।

सशस्त्र प्रहरीको विभागीय टोली एपिएफले भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको हो।

एपिएफले भरतपुरलाई २५–११, २५–१२ र २५–१० को सेटमा पराजित गर्यो। यसका साथै साविक विजेतासमेत रहेको एपिएफले लगातार दोस्रो जित निकालेको छ। उसले दुई खेल जितेर ६ अंक बनाएको छ।

आजै भएको पुरुषतर्फको खेलबाट हेल्प नेपाल स्पोर्टस् क्लब क्वाटरफाईनलमा प्रवेश गरेको छ।

क्लब च्याम्पियनसीपको समूह ‘डी’ मा रहेका दुई मात्र क्लबको समूह विजेता बन्दै हेल्प नेपाल क्वाटरफाईनलमा प्रवेश गरेको हो।

उसले बुद्धटोल युवा क्लबलाई ३–० को सेटमा पराजित गर्यो।

२५–१०, २५–१५ र २५–११ को सेटमा हेल्प नेपालले जित निकाल्दै तीन अंक जोड्न सफल भयो।

‘डी’ समू्हमा दुई टोली मात्र भएपछि पराजित बुद्धटोल पनि समूहको उपविजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ।

प्रकाशित: Jan 19, 2020| 16:13 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।