बुधबार, असार ३१, २०८३

एनआरटीको चौथो जित, अंकतालिकामा पाँचौं स्थानमा उक्लियो

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)ले चौथो जित दर्ता गरेको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)ले चौथो जित दर्ता गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा एनआरटीले विभागीय टोली एपीएफलाई ३–२ को गोलअन्तरले हरायो।

खेलको सुरुवातबाटै आक्रामक बनेको एनआरटीले सातौं र आठौं मिनेटमा गरेको प्रहार एपीएफका डिफेन्डर र गोलकिपरले विफल पारे।

खेलको २४ औं मिनेटमा एनआरटीले अग्रता लियो। एनआरटीका आन्द्रे थेर्रीले कर्नरबाट पाएको पासलाई गोलमा परिणत गरे। तर, ४१ औं मिनेटमा एपीएफका आशिष लामाले गोल गर्दै खेल बराबरीमा पुर्याए। आशिषले नवीन लामाको पासलाई गोलपोस्टको दिशा दिए। यससँगै खेलको पहिलो हाप १–१ को बराबरीमा टुंगियो।

एपीएफले दोस्रो हापको आठ मिनेटमै अर्काे गोल गर्याे। खेलको ५३ औं मिनेटमा आशिषले फ्रि किकबाट व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१को अग्रता दिलाए।

एक गोलले पछि परेको अवस्थामा एनआररटीले ८० औं मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि जोर्डन जुनियस डेम्बाले हेडमार्फत गोल गरे। त्यसको तीन मिनेटमै एनआरटीका दर्शन गुरुङले टिमका लागि निर्णायक गोल गरे।

जितसँगै एनआरटी ११ अंकसहित अंकतालिकाको पाँचौं स्थानमा पुगेको छ। उसले ४ खेलमा जित, २ मा हार र १ बराबरी खेलेको छ। अघिल्लो सिजनको रेलिगेसनको कारवाहीस्वरूपमा एनआटीको २ अंक भने घटाइएको छ।

उता लिगमा चौंथो हार बेहोरेको एपीएफ ५ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ। उसले १ खेलमा जित, २ मा बराबरी र ४ मा हार व्यहोरेको छ।

प्रकाशित: Jan 19, 2020| 14:08 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।