मंगलबार, चैत १०, २०८२

ईपीएलमा एकै दिन पाँच खेल बराबरी

इंग्लिस प्रिमियर लिग (ईपीएल)मा शनिबार राति पाँच खेल बराबरी भएका छन्।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल)मा शनिबार राति पाँच खेल बराबरी भएका छन्।

National life

च्याम्पियन्स लिगको उपविजेता टोटेनह्यामले वार्टफोर्डसँग बराबरी खेल्दा लिगको साविक विजेता म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेसँग अंक बाँडेको छ। त्यस्तै, ब्राइटोन र एस्टोन भिल्ला तथा वेस्टहाम र एभर्टोनले पनि बराबरी खेलेको छन्। जारी सिजनमा खराब प्रदर्शन गरिरहेको आर्सनल पनि सेफल्ड युनाइटेडसँग बराबरीमै खुम्चिएको छ।

टोटेनहेमले वार्टफोर्डसँग गोलरहित बराबरी खेलेको हो। वार्टफोर्डले पेनाल्टीको अवसर सदुपयोग गर्न नसक्दा टोटेनहमसँग बराबरीमा रोकिन पुग्यो। ७० ‍औं मिनेटमा डिनेले पेनल्टी मिस गरे।

साविक विजेता म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरी खेलेको छ। पहिलो हाफमै अग्रता बनाएको क्रिस्टलले खेलको अन्तिम मिनेटमा आत्मघाती गोल गर्यो। म्यान्चेस्टरलाई बराबरीको नतिजाका लागि अर्जेन्टिनी फवार्ड अग्युरोले दुवै गोल गरे। खेलको ८२ औं र ८७ औं मिनेटमा गोल गर्दा म्यान्चेस्टर २–१ ले अगाडि थियो ।

९०औं मिनेटमा फनान्डिन्होले आफ्नै पोसमा गोल गरेपछि भने नतिजा २–२ भएको थियो ।

Laxmi sunrise bank
kumari

आर्सनलले सेफिल्ड युनाइटेडसँग पनि बराबरी खेल्यो। उसले पहिलो हाफको अन्तिम मिनेटमा पाएको आग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो। आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीले गोल गरेका थिए। उता ८३ औं मिनेटमा सेफिल्डका जोन फ्लेकले गोल गरेपछि खेल बराबरी भयो।
खेलपछि आर्सनल १० औं र सेफिल्ड युनाइटेड सातौं स्थानमा छ ।

वेस्टहामले आफ्नो घरेलु मैदानमा एभर्टोनसँग बराबरी खेलेको छ। वेस्टहामले ४० औं मिनेटमा पाएको अग्रता जोगाउन नसक्दा बराबरीमा राकिन पुगेको हो। वेस्टहामका इसा डियोपले सुरुवाती गोल गरे। घरेलु समर्थकमाझ पाहुना टोली एभर्टोनले ४४ मिनेटमा गोल फर्काए।

दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपछि खेल बराबरीमा टुंगियाे । बराबरीसँगै एभर्टोन अंक तालिकाको ११औं स्थानमा उक्लिएको छ भने वेस्टहाम १६ औं स्थानमा आएको छ।

ब्राइटोन र एस्टोन भिल्लाले १–१ गोलको बराबरी खेलेका छन्। ३८ औं मिनेटमा बनाएको अग्रता जोगाउन नसकेका कारण ब्राइटोनले बरबारीको नतिजामा चित्त बुझाउनु परेको हो। ब्राइटोनको लिएन्ड्रो ट्रोसार्डले पहिलो गोल गरे। तर एस्टोन भिल्लाका ज्याकले ७५ औं मिनेटमा गोल फर्काएपछि खेल बराबरी भएको हो। 

ब्राइटोन तालिकाको १४ औं स्थानमा छ भने एस्टोन भिल्ला १८ औं स्थानमा रहेको छ।

प्रकाशित: Jan 19, 2020| 09:20 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।