बुधबार, असार ३१, २०८३

सेभिल्लालाई हराउँदै रियल म्याड्रिड शीर्षमा

स्पेनिस लिग ला गिलामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं– स्पेनिस लिग ला गिलामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति सम्पन्न खेलमा सेभिल्लालाई २–१ ले हराउँदै रियल शीर्ष स्थानमा उक्लिएको हो।

जितसँगै रियलको २० खेलबाट ४३ अंक पुगेको छ। यसअघि शीर्ष स्थानमा रहेकाे बार्सिलोना एक स्थान तल झरेको छ। रियलभन्दा एक खेल कम खेलेको बार्सिलोनाकाे ४० अंक छ।

रियलको जितमा जिलियन फरवार्ड कासिमेरो नायक बने। उनले खेलको ५७ औं मिनेटमा जोभिकले दिएको पासको सदुपयोग गर्दै गोल गरे। त्यसको १२ मिनेटमै उनले भाज्क्वेसलको पासलाई गोलमा परिणत गरे।

सेभिल्लाका लागि लुक डे जोङले ६४ औं मिनेटमा गोल गरे।

यता, सेभिल्ला भने ३५ अंकका साथ अंकतालिकाको चौंथो स्थानमा छ।

प्रकाशित: Jan 19, 2020| 08:47 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।